नेफ्स्कुनको २० औं फिल्ड कार्यालय जनकपुरमा


जनकपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन) ले धनुषा जिल्लाको जनपुरमा फिल्ड कार्यालय स्थापना गरेको छ । यो नेफ्स्कुनको २० औं फिल्ड कार्यालय हो।  फिल्ड कार्यालय उद्घाटन गर्दै गर्दै प्रदेश–२ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र शाहले सहकारीमार्फत प्रदेशको विकास गरिने बताउनुभयो । ‘सहकारीमार्फत आर्थिक संमृृद्वि संभव छ, प्रदेश सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएर अघि बढ्छ’ उहाँले भन्नुभयो ।

सहकारी ऐन अनुरुप प्रदेशले ऐन बनाउने र त्यसैअनुप स्थानीय तहले पनि ऐन बनाउने उहाँको भनाई थियोे । नेफ्स्कुनसँग सहकार्य गरी वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले सहकारी एकरुपता प्रणालीमा जोड दिनुभयो । मधेशको संमृद्विको निम्ती सहकारीको विकल्प नभएको उहाँको भनाई थियो । वित्तीय पहुँच र वित्तीय समावेशीकरणका लागि प्रदेश, स्थानीय सरकारसँग सहकार्य गर्न सहकारी तयार रहेको उहाँको भनाई थियो । मधेशमा कृषिको उर्वर, पर्यटनको क्षेत्र भएकाले सहकारीले त्यसतर्फ ध्यान दिन आवश्यक भएको उहाँले बताउनुभयो । सहकारीको प्रवद्र्वन हुन सके छोटो समयमा सहकारीले आर्थिक विकासमा योगदान दिने वरिष्ठ उपाध्यक्ष पौड्यालले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारी, नेफ्स्कुनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, सिन्धुली बचत संघका अध्यक्ष बालकुमारी (विमला) श्रेष्ठ, धनुषा बचत संघका अध्यक्ष धुव्र यादवलगायतको उपस्थित रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन