दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागिता हुने


ललितपुर । World Council of Credit Unions (WOCCU) को आयोजनामा जुलाई १४ देखि १९ सम्म Suntec Convention Centre, सिंगापूरमा आयोजना हुन गैरहेको “World Credit Union Conference” र ICA-AP, Committee of Uni/Campus , ANGKASA को आयोजनामा जुलाई २२ देखि २६ सम्म Penang, Malaysia मा आयोजना हुन गैरहेको “INTERNATIONAL SCHOOL COOPERATIVE SEMINAR” मा राष्ट्रिय सहकारी  बैंकले सहभागिता जनाएको छ |

बैंकको तर्फबाट बैंक World Credit Union Conference कार्यक्रममा बैंकका संचालक सरिता भट्टराई तथा INTERNATIONAL SCHOOL COOPERATIVE SEMINAR मा बैंकका संचालकद्वय सरिता भट्टराई र ज्ञान बहादुर तामांग तथा बैंकको शेयर सदस्य विकू बचत तथा ऋण सहकारीको तर्फवाट प्रेम प्रसाद सापकोटाले सहभागिता जनाउदै हुनुहुन्छ |

World Credit Union Conference मा विश्वभरवाट WOCCU मा आबद्ध बचत तथा ऋण सहकारीवाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको सहभागिता रहनेछ, भने कार्यक्रममा बचत तथा ऋण सहकारी र सहकरीमा महिलाको आबद्धता बढाउने सम्बन्धमा विभिन्न प्रस्तुतिकरण हुनेछ ।

त्यस्तै INTERNATIONAL SCHOOL COOPERATIVE SEMINAR मा क्याम्पस तथा विश्वविद्यालय मार्फत कसरी सहकारी शिक्षा बढाउने एबं दीगो विकास लक्ष्य हासिल सम्बन्धका बृहत विषयहरुमा अन्तरक्रिया हुनेछ |

 बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेल, प्रबन्ध संचालक के.वी. उप्रेती, नायव महाप्रबन्धक बद्री कुमार गुरागाईसहित बैंक उच्च ब्याबस्थापनका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम