कृषि मूल्य शृंखलासम्बन्धी कार्यक्रम र पुने भ्रमणको संस्मरण


-विपिन शर्मा-

कृषिमा आधारित बैंकिङ तालिममा  अन्तर्राष्ट्रिय सहकार्य गरिरहेको संस्था सिक्ट्याब (CICTAB) ले २०१८ मई २१ देखि २५ सम्म भारतको पुणेमा कृषि मूल्य शृंखलासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम’Agri Value Chain Financing’ आयोजना गर्‍याे । कार्यक्रममा नेपाल र बंगलादेशका ६ वटा संस्थाका ३७ जना सहभागीको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कुनको सञ्चालक समितिका ११ जना, लेखा सुपरिवेक्षण समितिका २ जना र कर्मचारी १ जना गरी १४ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको शीर्षक जाने सुनिएकै भए पनि कार्यक्रम सूची हेर्दा विषय नयाँ र त्यसभित्रका सेसनहरू रुचिकर लाग्ने किसिमका थिए । दिल्लीहुँदै नेफ्सकुनको टोली २४ मेको साँझ पुने पुगिसकेको थियो । त्यहाँ नेपालको कृषि विकास बैंक, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी बैंक र साना किसान विकास बैंकका सहभागीका साथै बंगलादेश समवय बैंकका सहभागी पनि उक्त दिन नै आगमन भइसकेको थियो । बैकुण्ठ मेहत्ता नेसनल इन्स्टिच्युट अफ को(अपरेटिभ म्यानेजमेन्ट (VAMNICOM) को छात्रावासमा सबै सहभागीको बासको प्रबन्ध मिलाइएको थियो र प्रशिक्षण हल पनि त्यसै कम्पाउन्ड भित्र थियो ।

पहिलो दिन कार्यक्रम औपचारिक रूपमा सुरु हुनुपूर्व सिक्ट्याबका परामर्शदाता डा. रविले CICTAB / VEMNICOM का बारेमा जानकारी दिनुभयो । CICTAB तथा VAMNICOM का डाइरेक्टर डा.के.के. त्रिपाठीले उद्घाटन मन्तव्य दिँदै कार्यक्रमको विषय ’कृषि मूल्य शृंखला’ हामीले अभ्यास गरिरहेकै भए तापनि नयाँ त्भचmष्लययिनथ र केही नयाँ अवधारणासहित आएको बताउनुभयो । कृषकहरूका लागि काम गर्ने निकाय र कृषिमा लगानी गर्ने वित्तीय संस्थाहरूले कृषि मूल्य शृंखलामा आधारित रहेर काम गर्दा कृषकदेखि उपभोक्तासम्म लाभान्वित हुने र प्रत्येक मूल्य शृंखलामा प्रभावकारी वित्त परिचालनको सम्भावना रहने उहाँको भनाइ थियो ।

पहिलो सेसनमा डा.रविले ‘सार्क राष्ट्रहरूमा ग्रामीण विकासका लागि सहकारीमार्फत कृषिमा लगानी’ विषयमा सहकारीको अवधारणा, मूल्य र सिद्धान्तको चर्चा गर्दै सहकारी अर्थतन्त्रको वर्तमान अवस्था, राज्यको नीतिगत भूमिका र सहयोगका बारेमा भारतीय सहकारीको अभ्यास र अनुभवको चर्चा गर्नुभयो । उहाँको प्रस्तुतिमा वाराणा सुगर कम्प्लेक्सको उदाहरण प्रस्तुत गर्दै यस सहकारी संस्थाले चिनी उत्पादनका साथै डेरी, निर्यातजन्य खाद्य तथा फलफूल प्रशोधन उद्योग, डिपार्टमेन्टल स्टोरका शृंखला, खाजा तथा बेकरी उद्योगमा महिलाहरूको रोजगारी, इन्जिनियरिङ तथा डेन्टल कलेजलगायतको बहुआयामिक सहकारी मोडेलको चर्चा गर्नुभयो ।

अर्को सेसनमा डा. दिलीप कजालेले ‘‘Agri Value Chain Scenario in India’ विषयमा आफ्नो प्रस्तुति राख्नुभयो । खासगरी कृषि मूल्य शृंखला परम्परागत वितरण शृंखला (Supply Chain) कै परिष्कृत रूप भएको भन्दै यसको अवधारणा उपभोक्ताबाट कृषकसम्म जाने कुरा बताउनु भयो । सामान्य रूपमा हामीले कृषिजन्य वस्तु उत्पादन गर्ने, प्रशोधन गर्ने, प्याकेजिङ र ब्रान्डिङ गर्ने र बजारको माध्यमबाट उपभोक्तासम्म ती वस्तुलाई पुर्‍ याउने र त्यसका लागि लाग्ने लागत र विभिन्न तहमा जोडिने अतिरिक्त खर्च तथा कमिसनहरूको आधारमा उपभोक्तासम्मको मूल्य निर्धारित हुन्छ भन्ने मान्यता राख्छौं ।

 

तर कुनै पनि वस्तुको मूल्य उपभोक्ताले जुन मूल्य तिर्न तत्पर रहन्छ त्यो नै वस्तुको मूल्य हो भन्ने कुरा मूल्य शृंखलाको अवधारणामा पर्दछ । उपभोक्तासम्म पुग्नुभन्दा अघिका चरणहरूमा हुने मूल्य अभिवृद्धि र मूल्यलाई प्रभाव पार्ने पक्षहरूको विषयमा डा.कजालेले प्रष्ट्याउनुभयो । उहाँको प्रस्तुतिमा कृषकहरूलाई कसरी लाभान्वित गराउने भन्ने कुरा नै प्राथमिकतामा रहेको थियो ।

 

पहिलो दिनको अन्तिम सेसनमा डा. रविले त्चबष्लष्लन त्भअजलष्त्रगभक विषयमा तालिमका विभिन्न तरिकाहरूबारे प्रस्तुत गर्दै समूह अभ्यास र समूह प्रस्तुतिसमेत गराउनुभयो ।

 

दोस्रो दिनको प्रस्तुतिमा HDFC  का वरिष्ठ व्यवस्थापक सोमश्री मलले कृषि मूल्य शृंखलामा वित्तीय सेवाका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो । मलको प्रस्तुतिबाट वित्तीय संस्थाहरूलाई विभिन्न मूल्य शृंखलामा प्राप्त हुने लगानीको अवसरबारे प्रष्ट्याउनु भयो । एउटै कृषिजन्य वस्तु उत्पादन गरेर खेतीदेखि संकलन हुँदै खाद्य वस्तुको प्रशोधित खाद्य वस्तुमा रूपान्तरित हुने र अन्तिम उपभोक्तासम्ममा पुग्दाका विभिन्न चरणहरूलाई पछ्याउँदै सुरक्षित लगानी गर्न सकिने कुरालाई आफू संलग्न रहेको संस्थाले गरिरहेको अभ्यास र अवलम्बन गरेको पद्धतिसमेत उहाँबाट जानकारी पाइयो ।

 

भारतमा अहिले प्रविधिको प्रयोग गरेर कृषि उत्पादन बढाउने नीति राज्यले लिएको छ । यस नीतिलाई व्यवहारमा लागू गर्न सहकारी क्षेत्र र बैंकहरूसँग समेत राज्यले सहकार्य गरिरहेको छ । यस विषयमा डा.नवीन कुमारको दुईवटा प्रस्तुति रह्यो । उच्च प्रविधियुक्त कृषि परियोजनामा भारतको अनुभवलाई उहाँले आफ्नो पहिलो प्रस्तुति बनाउनुभयो । यसमा मलखाद, बिउबिजन, आधुनिक कृषि औजार तथा उपकरणको प्रयोग, रसायन तथा कीटनाशक प्रयोग, सिँचाइलगायतका हाइटेक टेक्नोलोजीको प्रयोगबाट उत्पादन वृद्धि र नोक्सानी नियन्त्रणको पक्षलाई प्रस्ट्याउनु भयो ।

 

अर्को प्रस्तुतिमा सेल्फ हेल्प ग्रूप (SHG) र जोइन्ट लियाबिलिटी गु्रप (व्ीन्) को प्रवद्र्धनमा विभिन्न निकायको भूमिकाको चर्चा गर्नुका साथै कृषिमा यि समुहहरूको सहभागिता बारे जानकारी दिनुभयो । उक्त दिन भारतीय कृषि मन्त्रालयका सचिवद्वारा VAMNICOM मा स्तरोन्नति गरियो वाईफाई प्रणालीको समुद्घाटन सम्पन्न भयो । यस प्रणालीमार्फत सम्पूर्ण कलेज क्षेत्रभित्र र छात्रबवासमा समेत २४सै घन्टा इन्टरनेट सेवा प्रवाह गरिने र यसबाट विद्यार्थीलाई ई—अध्ययनको लागि र बाह्य सम्पर्कका लागि सहज हुने डाइरेक्टर त्रिपाठीले बताउनुभयो ।

 

कृषि मूल्य शृंखलामा गोदाम तथा कोल्ड स्टोरको व्यवस्थापन र त्यसमा वित्तीय लगानीका बारेमा विशाल मिश्रले आफ्नो प्रस्तुति राख्नुभयो । किसानहरूलाई बाली लगाउने समयमा आवश्यक पर्ने पुँजी र बाली काटिसकेपछि उपयुक्त मूल्यको पर्खाइका लागि गोदाममा थन्क्याउने र त्यसलाई बिक्री नगर्दासम्मको लागि बैंक वित्तीय संस्थाबाट उक्त कृषि उत्पादन नै धितो राखी ऋण लिने प्रक्रियाका बारेमा उहाँको प्रस्तुति केन्द्रित रह्यो । गोदाम व्यवस्थापन, गोदामको सुरक्षा र बिमाको बारेमा पनि उहाँले चर्चा गर्नुभयो ।

 

तेस्रो दिन सतारा जिल्ला सहकारी बैंकको अवलोकन भ्रमणको कार्यक्रम रह्यो । ६८ वर्षअघि स्थापित उक्त बैंकले किसानहरूको जीवनस्तर उकास्नका लागि वित्तीय सेवाका साथै कृषि प्रविधि हस्तान्तणसमेत गरेको पाइयो । उक्त बैंकको लगानीमा सञ्चालित दुईवटा कृषि परियोजनाहरूको समेत अवलोकन गर्ने अवसर प्राप्त भयो । असाध्यै सुक्खा स्थानमा पनि इनार खनेर भूमिगत जलस्रोत प्रयोग गरी उच्च प्रविधियुक्त थोपा सिँचाइ (Hitech Drip Irrigation) को उखु खेतीमा सफल नमुनाको स्थलगत अध्ययन गरियो ।

 

चौथो दिनको कार्यक्रमको पहिलो सेसनमा लागि भारतीय रिजर्भ बैंकका नायब महाप्रबन्धक के.सी. बादात्यले कृषि मूल्य शृंखलामा वित्तीय लगानीका विभिन्न पक्षमा हुने जोखिमको बारेमा चर्चा गर्नुभयो । भारतको कृषि क्षेत्रमा हुने बाली नोक्सानी, उत्पादन जोखिम, मूल्य उतारचढावका कारण हुने जोखिमलगायत विभिन्न जोखिमहरू र ती जोखिमबाट सुरक्षित पार्न अवलम्बन गर्न सकिने विभिन्न विधिहरूको बारे उहाँको अन्तरक्रियात्मक प्रस्तुति रह्यो । त्यसपछिको सेसनमा डा. सञ्जयले महराष्ट्र राज्यमा कृषि मूल्य शृंखलाका प्रवद्र्धनात्मक गतिविधिहरूबारे जानकारी गराउनुभयो । हाटबजार व्यवस्थापन, कोल्ड स्टोरेज, बाली संरक्षण तथा नोक्सानी न्यूनीकरण, मूल्य सचेतना तथा न्यून मूल्यबाट हुने नोक्सानीबाट किसानलाई जोगाउन गरिएका प्रयास आदिबारे उहाँको सचित्र प्रस्तुति रह्यो ।

 

त्यसैदिनको बाँकी समय कत्राज जिल्ला दुग्ध सहकारी संघले सञ्चालन गरेको कत्राज डेरी उद्योगको अवलोकन गरियो । प्रतिदिन दुई लाख लिटर दूध प्रशोधन क्षमता रहेको उक्त डेरीले दूध, दही, पनिर, आइसक्रिमका साथै विभिन्न दुग्ध पेय पदार्थ र मिनरल वाटरसमेत उत्पादन गर्ने गरेको जानकारी प्राप्त भयो । तीव्र प्रतिस्पर्धात्मक वातावरणमा पनि कत्राज डेरीले आफ्ना उत्पादनहरूको डेरी पार्लरलगायतका प्रभावकारी बिक्रीवितरण विधि अपनाई बजारीकरण गर्दै व्यावसायिक सफलता हासिल गरेको अनुकरणीय लाग्यो ।

 

अन्तिम दिन कन्ट्री प्रेजेन्टेसनको कार्यक्रममा बंगलादेश र नेपालका सहभागी संस्थाहरूको आ—आफ्नो प्रस्तुति रह्यो । बंगलादेश बैंक र बंगलादेश समवय बैंकको छुट्टाछुट्टै प्रस्तुतिमा त्यहाँको भौगोलिक तथा जनसंख्याको अवस्था, वित्तीय अवस्था, सामाजिक सांस्कृतिक अवस्थाका साथै आ—आफ्नो संस्थाका वित्तीय तथ्यांकबारे जानकारी पाइयो । यसै प्रस्तुतिको माझमा पल्लबिजीबाट कृषि मूल्य शृंखलामा कृषक उत्पादक कम्पनी (Farmer Producer Company) को भारतीय अभ्यासबारे जानकारी दिनुभयो । नेपालको तर्फबाट नेपाल राष्ट् बैंक, नेफ्स्कुन र कृषि विकास बैंकको प्रस्तुतिमा नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको जानकारीका साथै आआफ्नो संस्थाका गतिविधि र महत्वपूर्ण तथ्यांकहरू प्रस्तुत गरियो ।

 

डा.के.के. त्रिपाठीले सबै सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सम्पूर्ण सहभागीलाई शुभकामना दिँदै कार्यक्रम समापन भयो । समापनपश्चात नेफ्सकुन टोलीको भारतको पर्यटकीय क्षेत्र गोवाको छोटो भ्रमण असाध्यै अविस्मरणीय रह्यो । 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर