विश्व ऋण परिषद् (WOCCU) को साधारणसभामा नेफ्स्कुनकाे सहभागिता


काठमाडौ । विश्व ऋण परिषद (WOCCU) को आयोजनामा सिंगापुरमा जुलाई १४ देखि शुरु भएको World Credit Union Conference (WCUC) र साधारणसभामा सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत र प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा आज सिंगापुर प्रस्थान गर्नुभएको छ ।

नेफ्स्कूनले WOCCU को सदस्य प्राप्त गरेपछि पहिलो पटक आयोजित सो सम्मेलनमा संघको तर्फबाट अध्यक्ष, सञ्चालक सदस्य र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको छ । संघका सञ्चालक सदस्य शान्ति अधिकारी जुलाई १४ मा नै सम्मेलन सहभागिताका लागि सिंगापुर पुगिसक्नुभएको छ ।

 

WOCCU मा एशियाली मुलुकबाट कोरिया, नेपाल, अफ्गानिस्तान र सिंगापुर गरी चार सदस्य राष्ट्र रहेका छन् भने उक्त सम्मेलनमा विश्वभरबाट WOCCU मा आवद्ध बचत तथा ऋण सहकारीका सहकारीकर्मीहरुको प्रतिनिधित्व रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम