छुट्टाछुटै तीन अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागिता


ललितपुर । Penang Malaysia मा ICA र ANGKASA Malaysian National ले आयोजना गरेको “International School Cooperative Seminar” नामक कार्यक्रममा बैंक संचालक द्वय ज्ञान बहादुर तामांग र सरिता भट्टराई तथा बैंकको शेयर सदस्य विकू बचत तथा ऋण सहकारी संस्थाको तर्फवाट प्रेम प्रसाद सापकोटाले सहभागिता जनाउन लाग्नु भएको छ | सो कार्यक्रम जुलाई २२ तारिख देखि जुलाई २६ तारिख सम्म संचालन हुनेछ | सहकारी माध्यमबाट कसरी युवा सशक्तीकरण गर्न सकिन्छ भन्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ |

त्यसै गरी, CICTAB को आयोजनामा जुलाई २३ तारिख देखि २३ तारिख सम्म “Cooperative Governance for BOD of Cooperative and Financing Institutions” नामक अन्तर्राष्ट्रिय कार्यक्रम बैंक तर्कबाट बैंकका शेयर सदस्य चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि. का CEO राजेन्द्र कुमार श्रेष्ठले सहभागिता जनाउन लाग्नु भएको छ | सो कार्यक्रमको प्रमुख उद्देश्य सहकारी तथा वित्तीय संस्थाहरुमा सस्थागत सुशासन कायम राख्न संचालक समितिको कस्तो भूमिका रहन्छ भन्ने संग केन्द्रित रहने छ |

त्यसै गरी, ACCU को आयोजनामा जुलाई २३ तारिख देखि २८ तारिख सम्म Bangkok को Thailand मा “Supporter Membership Exposure Program” नामक अन्तर्राष्ट्रिय कार्यक्रम बैंकको तर्फबाट शेयर सस्दय जनसचेतन साकोसबाट मिन प्रशाद दाहाल, बिंदबासिनी साकोस बाट सन्त कुमार श्रेष्ठ र चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि.बाट तुल्सी श्रेष्ठ, रेशम कुमार श्रेष्ठ र दुर्गा बहादुर श्रेष्ठ ले सहभागिता जनाउन लाग्नु भएको छ |

यी तिन छुट्टा-छुटै ठाउँमा हुन लागेको अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको तर्फबाट सहभागीता जनाउन लाग्नु भएको सम्पूर्ण सहकारीकर्मीहरुलाई आज बैंकको कर्पोर्रेट कार्यालयमा एक कार्यक्रम आयोजना गरी बैंकका प्रबन्धक संचालक के.बि. उप्रेती, नायव महाप्रबन्धक बद्री कुमार गुरागाई सहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुले विदाई र शुभकामना व्यक्त गर्नु भएको थियो |


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी
पूर्वका पाँच साकोसबीच एकीकरण
दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी