राष्ट्रिय सहकारी बैंकमा ७४ जना कर्मचारी नियुक्त


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले हालै ७४ जना कर्मचारी नियुक्त गरेको छ । नवनियुक्त ७४ जना कर्मचारीहरुलाई एक कार्यक्रमकाबीच बैंकमा स्वागत गरिएको थियो ।

 

बैंकको कर्पोरेट कार्यालय कुपन्डोल ललितपुरमा आज एक कार्यक्रमकाबीच बैंक उच्च ब्यबस्थापनका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रबन्ध संचालक केवी।उप्रेतिले नव नियुक्त सहायक अधिकृत पदका १४ जना र कनिष्ट सहायक पदका ६० जना कर्मचारीहरुलाई स्वागत गर्नुभयो  ।

 

सो अबसरमा कर्मचारीहरुलाई जिम्मेवारी तथा सुविधाको बारेमा जानकारीसहित नियुक्ति र सेवा प्रवेश तालिम सञ्चालन सम्बन्धमा आवश्यक जानकारी दिईएको थियो । बैंकले गत जेठ १ गते सहायक अधिकृत र कनिष्ट सहायक पदमा कर्मचारी नियुक्तिका लागी खुल्ला प्रतियोगिताको बिज्ञापन गरेको थियो ।

 

नव नियुक्त कर्मचारीहरुको श्रावण ११ देखि १७ गते सम्म सहकारी प्रशिक्षण केन्द्रको सभाहल नयाबानेश्वरमा सेवा प्रवेश तालिम सञ्चालन हुने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न