ओमदेवी मल्ल नेकपामा प्रवेश


काठमाडौं । अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसबाट २०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बन्नुभएकी मल्ल आइतबार नेकपामा प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपाका अध्यक्षद्वयय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

मल्लका साथै सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रिता बराल पनि नेकपामा प्रवेश गर्नुभयाे । सो वसरमा अध्यक्षद्ववय ओली, दाहाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, विष्णु रिमाल, रघुविर महासेठ लगायतको उपस्थिति रहेको थियो ।

उहाँ सूचना चौतारी सञ्चार सहकारी संस्थाको सल्लाहकारसमेत हुनुहुुन्छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम