सहकारी एकीकरणमा जोड


बर्दिया । सिको साकोसको चार दिने सञ्चालक क्षमता अभिबृद्धी तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।संस्थका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा आयोजित उक्त तालिममा सिको साकोस बर्दियाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत नेतृत्व तहमा रहेका जिम्मेवार पदाधिकारी सदस्य तथा सिनियर व्यवस्थापनका गरी २६ जनाको सहभागिता रहेको थियो ।

 

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेफ्स्कूनका सञ्चालक कृष्णप्रसाद नेपालले सिको साकोस साकोस अभियानमा एकिकरणको सिकाईको लागि सिको गर्न नमुना बन्नुपर्ने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तालिम सहजीकरण सहकारी अभियन्ता इन्द्रराज ज्योती पौडेल र नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमल्सिनाले गर्नुभएको थियो ।

 

सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस यहि मिति २०७५ असार ८ गते एकीकृत घोषणासभा बाट एकीकरण भई सिको बचत तथा ऋण सहकारी संस्था मार्फत एकीकृत कारोबारको शुरुवात गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न