नेफ्स्कुनकाे ३१अाै‌ं स्थापना दिवसमा सहकारीकर्मीकाे उत्साहजनक सहभागिता


काठमाडौं ।   नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ, नेफ्स्कूनले आफ्नो स्थापनाकाल २०४५ श्रावण ३२ गतेको सम्झनामा नेफ्स्कूनको ३१ औं स्थापना दिवस यहि मिति २०७५ श्रावण ३१ गते देश भरी सञ्चालनमा रहेका संघका फिल्ड कार्यालयहरुबाट देशभरका साकोसकर्मीहरुको उत्साहजनक सहभागिताका साथ मनाएको छ ।

संघले सदा झै यस बर्ष पनि स्थापना दिवसको अवसरमा संघ संस्थाहरु, अभियानका सहकारीकर्मीहरु तथा पत्रकारहरुका लागि अभियानमा पुर्याउनुभएको योगदानको उच्च कदर स्वरुप सम्मान तथा पुरस्कारको घोषणा समेत गरेको छ ।

संघको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा संघका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षता र माननीय पशुपती चौलागाईंको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्व र सहकारी अभियन्ताहरुको सहभागितासहित संघको लोगो अंकित केक काटेर स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय बनेपा काभ्रेमा माननीय सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि संघका पूर्व अध्यक्ष एवं सल्लाहकार कैलाशभक्त प्रधानाङ्ग सहित संघका महासचिव चन्द्र प्रसाद ढकाल, विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु सहित ७६ जना साकोस कर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो । कार्यक्रममा संघको शिक्षा उपसमिति सदस्य एवं काभ्रे जिल्ला बचत संघका अध्यक्ष रामहरि के.सी. को अध्यक्षता सम्पन्न भएको थियो ।

संघको फिल्ड कार्यालय कलंकीमा माननीय कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र संघका सञ्चालक दिपक पनेरुको अध्यक्षता सहित, प्रदेश सभा सांसद रमा आलेमगर, संघका सल्लाहबार मिनराज कंडेल लगायत १२० जना साकोसका प्रतिनिधिहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय न्यूरोडमा माननीय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको अध्यक्षता सहित ५१ जना न्यूरोड क्षेत्र आसपासका साकोसकर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय जनकपुरमा माननीय शिवचन्द्र चौधरीको प्रमुख आतिथ्यता र संघका कोषाध्यक्ष केशव प्रसाद पोखरेलको अध्यक्षता सहित सहकारी क्षेत्रका व्यक्ति व्यक्तित्वहरु सहित ५२ जनाको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

साथै संघको फिल्ड कार्यालय चावहिलमा माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष डी.बी. बस्नेत, उपाध्यक्ष पार्वती खाँड राई लगायत विभिन्न साकोसबाट प्रतिनिधित्व गर्नुभएका साकोस कर्मीहरुको उत्साहजनक उपस्थिति सहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय ललितपुरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता र संघका सञ्चालक नानीकाजी शाक्यको अध्यक्षतामा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु र साकोस अभियानकर्मीहरु सहित १२५ जनाको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय दोलखामा दोलखा जिल्ला समन्वय समितिका सदस्य मुरारी सिवाकोटीको प्रमुख आतिथ्यता, संघका सञ्चालक उद्धव सापकोटाको अध्यक्षता, दोलखा जिल्ला बचत संघका अध्यक्ष जीवसराज खड्का लगायत सहकारी क्षेत्रका व्यक्ति व्यक्तिहरु सहित ३२ जना साकोसकर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय पोखरामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर केसीको प्रमुख आतिथ्यता र संघका सञ्चालक भिम गुरुङको अध्यक्षतामा पोखराका विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति व्यक्तित्वहरु र साकोस अभियन्ताहरुको सहभागिता सहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय चितवनमा प्रदेश नं. ३ का माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा संघका सञ्चालक शान्ति अधिकारीको अध्यक्षता सहित प्रदेश सांसद रीना गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख, गैंडाकोट नगरपालिकाका प्रमुख, संघका पूर्व सञ्चालक लगायत विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु गरी १५० जनाको सहभागिता सहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय डडेलधुरामा डडेलधुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको प्रमुख आतिथ्यता, डडेलधुरा जिल्ला बचत संघका अध्यक्ष पद्मा गुरुङको अध्यक्षता सहित विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु र साकोसकर्मीहरु गरी ३४ जनाको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय इटहरी सुनसरीमा माननीय प्रदेश सांसद सर्वध्वज सावाँको प्रमुख आतिथ्यता र संघका सञ्चालक गोमा नेपालको अध्यक्षतासहित संघका निवर्तमान उपाध्यक्ष अमृता सुव्बा, विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु लगायत १५० जना सहकारीमा आबद्ध व्यक्तिहरु सहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय झापामा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बो को प्रमुख आतिथ्यतामा संघका सञ्चालक द्वव घनश्याम अधिकारी र चन्द्राकुमारी खड्का लगायत विभिन्न क्षेत्रका व्यक्ति व्यक्तिहरु र सहकारी अभियन्ताहरुसहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय सर्लाहि, हरिवनमा प्रदेश सभा सदस्य दिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सर्लाहि जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता सहित हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाई, संघका लेखा सुपरिवेक्षण समित सदस्य शुभद्रादेवी महतो विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु लगायत विभिन्न साकोसका प्रतिनिधिहरुसहित ७० जनाको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय नेपालगञ्जमा प्रदेश सभा सदस्य माननीय आईपी खरेलेको प्रमुख आतिथ्यता र संघका लेखा सुपरिवेक्षण समित संयोजक दामोदर अधिकारीको विशिष्ट आतिथ्यता सहित महिला बचत साकोस कोहलपुरका अध्यक्ष मिना सिग्दलको अध्यक्षतामा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु लगायत विभिन्न साकोसबाट पाल्नुभएका ७२ जना साकोस अभियानकर्मीहरुसहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय रुपन्देहीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य भीम तुलाचनको प्रमुख आतिथ्यता र संघका सञ्चालक सदस्य कृष्ण प्रसाद नेपालको अध्यक्षतामा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु र साकोस अभियानकर्मीहरुसहित स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय कञ्चनपुरमा प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्काको प्रमुख आतिथ्यता, संघका सञ्चालक सदस्य माधव जोशीको अध्यक्षतामा साथै कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायत विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु र साकोस अभियानकर्मीहरुसहित ६० जनाको सहभागितमा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय बीगरञ्ज पर्सामा बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष भरत प्रसाद दवाडीको अध्यक्षता लगायत उपमेयर शान्ति कार्की, विभिन्न क्षेत्रका संघ संस्थाहरुका प्रतिनिधिहरु सहित ७८ जना सहकारीकर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको फिल्ड कार्यालय विरेन्द्रनगर सुर्खेतमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा संघका सञ्चालक यज्ञ प्रसाद ढकालको अध्यक्षता सहित सहकारी मन्त्रालयका उपसचिव राजु सुवेदी, विभिन्न क्षेत्रका संघ संस्थाहरुका प्रतिनिधिहरु लगायत ६१ जना सहकारीकर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको दाङ फिल्ड कार्यालय घोराही दाङमा संञ्चालक सदस्य कृष्ण प्रसाद नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, दाङ जिल्ला बचत संघका अध्यक्ष तथा संघका फिल्ड व्यवस्थापन उपसमिति सदस्य अञ्जन कुमार पौडेल लगायत विभिन्न क्षेत्रका संघ संस्थाहरुका प्रतिनिधिहरु गरी ८० जना सहकारीकर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघको लमजुङ फिल्ड कार्यालयमा लमजुङ वेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा संघका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता सहित विभिन्न क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु लगायत ५५ जना सहकारीकर्मीहरुको सहभागितामा स्थापना दिवस मनाईएको थियो ।

संघले स्थापना दिवसमा घोषणा गरेका पुरस्कार तथा सम्मान संघको आउँदो पुस महिनामा हुने साधारणसभावाट वितरण गर्दछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न