सहकारीलार्इ कृषिमा केन्द्रीत हुन प्रधानमन्त्रीकाे निर्देशन


काठमाडौं ।  प्रधानमन्त्री के.पी शर्मा ओलीले अहिलेको सरकार सहकारी मैत्री भएकाले सहकारीका लागि गर्नुपर्ने नीतिगत व्यवस्थामा कुनै कञ्जुस्याई नहुने आश्वासन दिंदै अव सहकारी अभियान कृषि क्षेत्रमा वढी केन्द्रीत हुनुपर्ने कुरामा जोड दिनु भएको छ । आज राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद वडालको नेतृत्वमा गएको सहकारीको प्रतिनिधिमण्डलसंगको भेटघाटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उक्त कुरा वताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार सहकारीको महत्व वुझेको सरकार भएको वताउदै रोजगारी सिर्जना गर्ने कृषि व्यवसायको आवश्यकता पुरा गर्न सहकारी अभियानले जिम्मेवारी लिनुपर्ने विचार समेत व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सहकारी क्षेत्रलाई हेरेर योजना वनाएको भन्दै सो परियोजनाको सफल कार्यान्वयनका लागि संगठित क्षेत्रको रूपमा रहेको सहकारी क्षेत्रको सहभागिता हुन अनिवार्य रहेको समेत वताउनुभयो ।

सोही अवसरमा सहकारी संघ÷संस्था अनुसाशित रूपमा संचालन हुनुपर्ने भन्दै सहकारीमैत्री कानुन निर्माणमा सरकारले आवश्यक कदम चाल्ने आश्वसन दिंदै सहकारीकर्मीहरूलाई ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

सहकारी अभियानको प्रवद्र्धनका लागि तत्काल गर्नुपर्ने कार्यहरूको वारेमा सुझाव प्रस्तुत गर्दै महासंघका अध्यक्ष केशव वडालले मुलुकको ठूलो जनसंख्या संलग्न भएको सहकारी अभियानलाई राज्यले सदैव उत्साहीत वनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

वहाले संघीय सहकारी ऐनसंग नवाझिने गरी सहकारी मैत्री प्रादेशिक तथा स्थानीय ऐनहरू वन्नुपर्ने, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय सहकारी प्रशिक्षण प्रतिष्ठानका रूपमा स्तरोन्नति र ७ वटै प्रदेशमा सहकारी प्रशिक्षण केन्द्रको स्थापना गर्नुपर्ने, सहकारीसंग सम्वन्धित वीमा, आयकर, शिक्षा, स्वास्थ्य, उद्योग लगायतका ऐनहरू छिटो छरितो रूपमा परिमार्जन गर्नुपर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सहकारीमार्फत संचालन गर्नुपर्ने, प्रदेश तथा केन्द्रस्तरमा सहकारी कृषि वजारको स्थापना हुनुपर्ने, अपांगहरूद्धारा संचालित सहकारी पूर्णत करमुक्त हुनुपर्ने लगायतका १५ वुदे सुझाव प्रस्तुत गर्नुभएको थियो ।

उक्त उच्चस्तरीय भेटघाट कार्यक्रममा नेपाल सरकारका शिक्षा मन्त्री गिरीराज मणि पोख्रेल, कृषि तथा पशंपक्षी मन्त्री चक्रपाणि खनाल, कानुनमन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको उपस्थिति रहेको थियो । त्यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीकृष्ण मैनाली, अर्थ (राजस्व) सचिव शिशिर ढुंगाना र कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. युवकध्वज जि.सीको उपस्थिति रहेको थियो ।

त्यसै गरी सहकारी अभियानको प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेल, लेखा संयोजक धर्मदत्त देवकोटा, संचालकहरू रविन्द्र के.सी, रमेश प्रसाद पोखरेल, खेम वहादुर पाठक, चन्द्र प्रसाद ढकाल, माधव दुलाल, टिका वुढाथोकी र शिव कुमार डागीको सहभागिता रहेको थियो भने लेखा समितिका सदस्य उमेश महासेठका साथै कामु महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुव्वाको सहभागिता रहेको थियो ।

यसै गरी सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकाल तथा विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष एवं प्रतिनिधिमण्डल एवं राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम