सिवाईसी साकोसद्धारा स्व. थापाको निधनमा श्रदाञ्जलीसभा


बागलुङ , १ भाद्र ।  सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले स्व. रविलाल थापाको निधनमा श्रदाञ्जली सभा कार्यक्रमको आयोजना गरी दुखः व्यक्त गरेको छ ।

संस्थाका शेयर सदस्य सरिता थापाका पुज्यनीय शसुरा रहनुभएका स्वं थापाको मिति २०७५ श्रावण २५ गतेका दिन ७८ वर्षको उमेरमा स्वर्गवास भएको थियो ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले स्व. थापाको वा.न.पा. १० दबल्याङ भकुण्डे स्थित निवासमै पुगेर ८ औं दिनको पुण्य तीथिका क्रममा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।

श्रदाञ्जली सभामा संस्थाको तर्फवाट संस्थाका अध्यक्ष पौडेलले समवेदन पत्र र संस्थाको नियमानुसार रु ५ हजार रुपैया आर्थिक सहयोग स्व. थापा परिवारलाई प्रदान गर्नुभएको थियो । श्रदाञ्जली सभा कार्यक्रम संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्माले सञ्चालन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न