बागेश्वरी सहकारीको साधारणसभा सम्पन्न
काठमाडौं । वागेश्वरी साना किसान कृषि सहकारी संस्था लिमिटेड तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन र प्रगतिशील युवा समाजको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।
रामेछापका प्रतिनिधी सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख अतित्थ्यमा भएको सभामा उनले वागेश्वरी साना किसानले कृषकको क्षमता अभिवृद्धिका लागि पु¥याएको योगदानको कदर गरेका थिए ।
वागेश्वरी साना किसान कृषि सहकारीका अध्यक्ष रुद्रबहादुर श्रेष्ठले सहकारी तथा समाजको कार्यप्रगतिबारे जानकारी दिएका थिए । युवा समाज र वागेश्वरीको आर्थिक प्रतिवेदन सचिव मकर श्रेष्ठ र लेखा संयोजक विनोदकुमार श्रेष्ठले सार्वजनिक गरेका थिए ।