महिलाको सक्रियामा सहकारी भवन


डोल्पा ।  हिमाली जिल्ला डोल्पाको माझफालमा महिलाले सहकारी भवन निर्माण गरेका छन् । महिलाले पनि निर्माण कार्य गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् यहाँका महिला ।

राईचौतारा बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले डोल्पा जिल्लामा पहिलो पटक भवन निर्माण गरेका हुन् । नेपाल ग्रामीण पन निर्माण संस्था ९आरआरएन० को ३० लाख ६६ हजार ६ सय ८९ रुपैयाँ, महिला तथा बालबालिका कार्यालयको २ लाख २५ हजार र महिलाको २ लाख ४७ हजार श्रमदान गरी कुल ३५ लाख ४६ हजारमा सहकारी भवन निर्माण गरेका छन् ।

महिलाको सहकारीको ३ कोठे भवन र एक शौचालयसमेत निर्माण गरिएको राईचौतारा बहुउदेश्यीय महिला सहकारी संस्थाकी अध्यक्ष चन्द्रकली बोहराले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी
पूर्वका पाँच साकोसबीच एकीकरण
दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी