लक्ष्य सहकारी नयाँ भवनमा


भक्तपुर । भक्तपुुर नगरपालिका १ दूधपाटीस्थित लक्ष्य बचत तथा ऋण सहकारी नयाँ भवनमा सरेको छ । संस्थाका अध्यक्ष, सीईओ, ऋण अधिकृतको कार्यकक्षसँगै ऋण प्रवाह गर्ने, रकम बचत गर्ने तथा बचतकर्तालाई रकम वितरण गर्न छुुट्टाछुट्टै स्थान रहेकेको नयाँ भवनमा कार्यालय सरेको हो ।

लक्ष्य बचतको सातौ वार्षिकोत्सवका अवसरमा व्यवस्थित कार्यालय सञ्चालनमा ल्याएको हो । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए २ का गभर्नर सुुदर्शनधर प्रधानांगले कार्यालयको उद्घाटन गरे । उक्त अवसरमा गभर्नर प्रधानांगले लायन्स क्लबमा आबद्धहरूले सञ्चालन गरेको सहकारीबाट कोही नठगिने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष एवं लायन्स क्लबका रिजनल चेयरपर्सन रविनारायण कायस्थले संस्थाले सरल ब्याजमा बढीभन्दा बढी कर्जा प्रवाह गर्दै आएको जानकारी दिए ।

चार सय ५० जना सेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७४÷७५ मा कुल चार करोड २० लाख ८१ हजार ६ सय ५६ रुपैयाँ बचत गरेको छ । । त्यस्तै चार करोड ६४ लाख ५७ हजार एक सय ४४ रुपैयाँ ऋण लगानी भएको संस्थाका सीईओ युुवराज दैवज्ञले जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न