मनहर्वा  साना किसान कृषि सहकारी मनहर्वाको मुनाफा ८६ लाख ५२ हजार


बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले गत आर्थीक बर्ष २०७४।७५ मा ८६ लाख ५२ हजार मुनाफा गरेको छ ।

असार मसान्तमा सम्पन्न गरेको खाताबन्दीबाट लक्ष्यको तुलनामा १०४ दशमलव १४ प्रतीशतले नाफामा वृद्धि गरेको छ । ८३ लाख ८ हजार नाफा गर्ने लक्ष्य निर्धारण गरेकोमा ३ लाख ४४ हजारले नाफा वृद्धि भयो ।

सोही आर्थिक बर्ष संस्थाले १७ करोड ६२ लाख ५ हजार कर्जा लगानी गरेकोमा १२ करोड १ लाख ८७ साँवा असुली गरेको छ । २० करोड २५ लाख ५२ हजार कर्जा लगानीमा रहेको संस्थाले ८ करोड ७३लाख ५५ हजार बाह्य कर्जा लिएको र बाँकी संस्थागत पूजी परिचालन गरेको छ ।

सदस्यहरुको १ करोड ७४ लाख २५ हजार शेयर पूँजी रहेको संस्थामा १ हजार ९ सय २८ महिला सहित १ हजार ९ सय ७६ जना शेयर सदस्य रहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वामा कार्यालय रहेको संस्थाले बचत तथा ऋण कारोबारका अलावा कृषि विशेष कार्यक्रम समेत संचालन गर्दै आएको छ । संस्थाले आफ्नो कार्यालयबाट सदस्यहरुलाई विभिन्न खालका रेमिट सेवा समेत दिदै आएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको