बिक्री नभएको तरकारी सडकमै फाले किसानले 


-अच्चुतम सापकाेटा-

सर्लाही । सर्लाहीको लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमै फालेका छन् । बेच्नका लागि बजार ल्याएको घिरौला व्यापारीले नकिनेपछि किसानले राजमार्गमै तरकारी फालेर विरोध जनाएका हुन् । किसानले नबिकेको तरकारी पूर्व–पश्चिम राजमार्गमै फालेर विरोध जनाउँदा आज बिहान करिव आधाघण्टा गाडी जाम भएको थियो ।

 

प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । धेरै उत्पादन भएपछि पछिल्लो केही दिनयता लालबन्दी बजारमा तरकारीको मूल्य निकै घटेको छ । हिजो अस्तीसम्म प्रतिकिलो १०/१२ रुपैँयामा बिक्री भएको घिरौला आजबाट दुई रुपैँयामा बिक्री गर्न तयार हुँदा समेत व्यापारीले खरिद नगरेको किसानको गुनासो छ ।

 

तर व्यापारीहरुले भने अन्य ठाउँमा निकासी गर्दै आएको भन्दा बढी तरकारी बजार आएकाले किन्न नसकिएको बताएका छन् । हिजोआज तरकारी धेरै फलेकाले सबै तरकारी किन्न सक्ने अवस्था नरहेको व्यापारीहरुको भनाई छ । उत्पादन बढेकै कारण पछिल्लो केहीदिन यता घिरौला, झिंङनी, पर्वल, लौका, बोडी लगायतका तरकारीको भाउ सस्तो भएको हो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान