तीनदिने पर्ल्स अनुगमन तालिम सम्पन्न


भक्तपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय ठिमीको आयोजनामा भाद्र ६ देखि ८ गते सम्म संचालन भएको ३ दिने पर्ल्स अनुगमन सम्बन्धी तालिमको समापन भएको छ ।

तालिम कार्यक्रम समापनको अध्यक्षता बैंकका संचालक तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक सरिता भट्टराईले गर्नु भएको थियो भने बैंकका संचालक, भक्तपुर बहुउद्देशीय सहकारी संघका सचिव देवराज न्यौपाने, तथा तालिम सहजकर्ता विवेक राज ठकुरी अतिथिको रुपमा हुनुहुन्थ्यो । ३ दिन सम्म संचालन भएको तालिम कार्यक्रममा ठिमी क्षेत्रका विभिन्न सहकारी संघरसंस्थावाट २५ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

उक्त तालिम कार्यक्रम समापनको अबसरमा बैंकको ठिमी शाखाका प्रमुख सबिना श्रेष्ठले आगामी दिनहरुमा समेत सदस्य संस्थाहरुको आवश्यकता अनुसारका तालिम कार्यक्रम शाखाले संचालन गर्ने जानकारी गराउनु भयो, सो अबसरमा कार्यक्रमको अध्यक्षता गर्नु हुने बैंकका संचालक तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक सरिता भट्टराईले तालिममा सहभागीहरुलाई तालिम प्रमाणपत्र प्रदान गर्नुभयाे । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न