सिजेएन पत्रकारिता पुरस्कार खनाललाई


काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को आठौं साधारण सभा तथा स्थापना दिवसका अवसरमा पत्रकार राजेश खनाललाई सम्मान गरेको छ ।
सिजेएनले सहकारी क्षेत्रमा कलम चलाई समग्र सहकारी र सहकारी पत्रकारीता क्षेत्रमा योगदान पु¥याउनु हुने द काठमाडौं पोष्टका पत्रकार राजेश खनाललाई पाँच हजार १११ नगदसहित कदर पत्रले सम्मान गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अथिती नेपाल सरकारको कृषि,भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्धमाकुमारी अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा पनि एउटा छुट्टै बिट खडा गरि पत्रकारिता सुरु गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

पुरस्कार वितरण गर्दै सिजेएनका अध्यक्ष खिलाप्रसाद दाहालले आगामी वर्षहरुमा पनि यस किसिमको पुरस्कार प्रदान कार्यलाई निरन्तरता दिईने बताए । उनले भने,‘ नेपाली पत्रकारिता क्षेत्रमा सहकारी विटमा रहि यस क्षेत्रको प्रगति सुधार र सहयोगमा योगदान पु¥याउनु हुने पत्रकारलाई हौसला प्रदान गर्दै निरन्तर यसै क्षेत्रमा लागिरहन उत्प्रेरित गर्ने उद्देश्यले सिजेएनले पुरस्कारको व्यवस्था गरेको छ।

अहिले सानो राशिको पुरस्कार रहेता पनि भावि दिनहरुमा संस्थाको प्रगतिसँगै यसलाई बढाईने छ ।’
कार्यक्रमा सस्थाका अध्यक्ष खिलानाथ दाहालले वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए भने सस्थाको वार्षिक आयव्ययको प्रतिवेदन कोषाअध्यक्षको अनुपस्थितीमा सह–सचिव अर्जुन खतिवडाले प्रस्तुत गरेका थिए ।
सभामा प्रस्तुत वार्षिक प्रतिवेदनका साथै भावि कार्यरणनीति बारे प्रस्तुत योजनामाथि सभाको बहुमत सदस्यले तालि बजाएर अनुमोदन गरेको छ ।

सहकारीलाई उत्पादनमा लगाइने, पाँच वर्षमा दोब्बर योगदान


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न