आदर्श सञ्चारको पहिलो बैठकले तोक्यो सञ्चालकहरुको जिम्मेवारी


 बानपा र काठेखोलाका सबै वडामा सञ्जाल बन्ने

बागलुङ । आदर्श सञ्चारको पहिलो बैठकले तोक्यो सञ्चालकहरुको जिम्मेवारी बानपा र काठेखोलाका सबै वडामा सञ्जाल बन्नेबागलुङ, ३१ भदौआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सदस्य विस्तार अभियानलाई व्यापक बनाउदै आगामी असार मसान्तसम्म २ हजार शेयर बनाउने लक्ष्य लिएको छ ।   संस्थाको १२ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको शनिवार सम्पन्न पहिलो वैठकले संस्थाको रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिका लागि सञ्चालकहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

 

२०८० सालसम्म ५ हजार भन्दा बढी शेयर सदस्य र गण्डकी प्रदेशकै उत्कृष्ट सञ्चार सहकारी बनाउने लक्ष्य पुरा गर्नका लागि चालु आर्थिक वर्षको अन्त्यमा २ हजार जनालाई शेयर सदस्य बनाउने गरी जिम्मेवारी बाँडफाँड गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले जानकारी दिनुभयो । संस्थामा हाल १ हजार २ सय २० जना शेयर सदस्य रहेका छन् ।

 

  बागलुङ जिल्लाका ८५ वटै वडामा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको संस्थाले पहिलो चरणमा बागलुङ नगरपालिकाका १४ वटा र काठेखोला गाउँपालिकाका ८ वटा वडामा वडा स्तरीय समन्वय उप–समिति गठन गरी भेला, अन्तरक्रिया, गोष्ठी, सहकारी सचेतना लगायत सीपमुलक तथा आयमुलक तालिमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

वैठकले काठेखोला गाउँपालिकाका सबै वडामा समन्वय उप–समिति गठन गरी सहकारी गतिविधिलाई प्रभावकारी बनाउनका लागि अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) लाई जिम्मेवारी प्रदान गरेको छ ।   बागलुङ नगरपालिकाका १४ वटै वडाका लागि अन्य १४ जना सञ्चालकलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

बैठकले बानपा १ मा खीमबहादुर के.सी, २ मा सावित्री खड्का, ३ मा कमल लामिछाने, ४ मा पूर्णबहादुर खड्का, ५ मा ललिता थापा, ६ मा सिर्जना थापा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा अम्बिका जि.सी, ९ मा अनन्तबहादुर खड्का, १० मा गीता खड्का, ११ मा शान्ति श्रेष्ठ, १२ मा सरस्वती खड्का परियार, १३ मा राजेश श्रेष्ठ र बानपा वडा नं. १४ मा देवी कार्की खड्कालाई जिम्मेवारी प्रदान गरेको छ ।   सबै वडामा आगामी माघ मसान्तभित्र शेयर सदस्यहरुको भेला, अन्तरक्रिया, सहकारी सचेतना लगायतका कार्यक्रम गरी समन्वय उप–समिति गठन गर्ने र संस्थाका गतिविधिलाई थप प्रभावकारी गराउने निर्णय गरिएको उपाध्यक्ष अनन्तबहादुर खड्काले जानकारी दिनुभयो ।

 

यस्तै वैठकले संस्थापक अध्यक्ष मनकुमारी के.सी, निवर्तमान अध्यक्ष अमरबहादुर थापा र संस्थापक लेखा समितिका संयोजक डिलबहादुर कार्कीलाई सल्लाहकारमा चयन गरेको छ ।   सञ्चालक समितिले विभिन्न उप–समितिका संयोजकहरुको समेत चयन गरेको छ । वैठकले सूचना, सञ्चार तथा प्रकाशन उप–समितिको संयोजकमा उपाध्यक्ष अनन्तबहादुर खड्का, शिक्षा उप–समितिको संयोजकमा सञ्चालक राजेश श्रेष्ठ, कर्जा उप–समितिको संयोजकमा कोषाध्यक्ष पूर्णबहादुर कार्की, महिला विकास उप–समितिको संयोजकमा सञ्चालक शान्ति श्रेष्ठलाई चयन गरेको छ ।

 यस्तै पर्यटन प्रवद्र्धन उप–समितिको संयोजकमा सञ्चालक खीमबहादुर केसी, व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजकमा सञ्चालक कमल लामिछाने, युवा तथा खेलकूद उप–समितिको संयोजकमा सञ्चालक देवी कार्की खड्का र स्वास्थ्य तथा सरसफाई उप–समितिको संयोजकमा सह–सचिव सरस्वती खड्का परियारलाई चयन गरेको छ ।   संस्थाले गठन गर्ने सबै उप–समितिका सदस्यहरु शेयर सदस्यहरु मध्येबाट चयन गरिने अध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।

 

संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिकामा सम्वाददाताका रुपमा कार्यरत सिर्जना पन्त र खेमराज गौतम (सुवास) लाई बैठकले सह–सम्पादकमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै संस्थाको वैठक हरेक महिनाको पहिलो शुक्रवार अपरान्ह ३ बजे बस्ने, तोकिएको समयमा अनिवार्य उपस्थित हुने तथा वैठक शुरु भएको १५ मिनेट भन्दा ढिलो आउने सञ्चालकहरुलाई वैठक पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाउने गरी वैठक सञ्चालन सम्बन्धी आचारसंहिता समेत बनाइएको उपाध्यक्ष खड्का जानकारी दिनुभयो ।

 

सूचना, सञ्चार र प्रकाशनसंगै वचत तथा ऋण लगायत सामाजिक क्रियाकलापमा अग्रसर आदर्श सञ्चार सहकारी संस्थाले २०८० सालसम्ममा आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गर्ने, प्रदेश स्तरीय सञ्चारमाध्यम प्रकाशन प्रशारण गर्ने, ५ हजार भन्दा बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम, ४० करोड वचत, ५० करोड लगानी गर्ने लक्ष्य लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम