पञ्चशील सहकारीकाे खुद मुनाफा ४ करोड १७ लाख


ललितपुर ।  ललितपुर स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रािष्ट्रय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाले देशको आर्थिक क्षेत्रको विकासमा सहकारीको क्षेत्रले गरेको योगदानको चर्चा गनुभयो उहाले सहकारी क्षेत्रमा वेग्लै पहिचान बोकेका पञ्चशिलले फरक क्षेत्रमा गरेको लगानीले देशको आर्थिक स्थिति उकास्न मुख्य भुमिका खेलेको बताउनुभयो ।

 

संस्थाका अध्यक्ष राजु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उहाले शेयर सदस्यको सेवाको लागि संस्थाले सदस्य सुविधा काउन्टर विस्तार गर्दै गएको बताउनुभयो । उहाले चालु आवदेखि शेयर सदस्यको सुविधाका लागि सदस्य सुविधा काउन्टर बाटै सदस्यहरुको गुनासो सुनुवाई गर्ने जानकारी दिनुभयो ।

 

 

कार्यक्रममा राष्ट्रबैकका पुर्व कार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैकका संचालक रामशरण शर्मा घिमिरे लगायतले बोल्नभएको थियो । संस्थाले आर्थिक वर्ष ०७४/०७५ मा शेयर पूँजी तर्फ १० करोड ३५लाख २३ हजार रुपिया रहेको । संस्थाले बचत तर्फ ९९ करोड ६७ लाख रुपिया संकलन गरेको छ । संस्थाले वार्षिक कारोबार १ अर्ब ३२ करोड ५७ लाख रुपिया पु¥याएको छ ।

 

 

अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको दाबी गरेको संस्थाले आव.०७४/०७५ मा ४ करोड १७ लाख रुपिया खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनाम ७० प्रतिशतले बृद्घि भएको हो । संस्थाले आव ०७४/०७५ मा १ करोड ४ लाख रुपिया आयकर दाखिला गरेको छ ।

 

 

संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत राष्ट्रिय सहकारी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउदै आएको छ । शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने व्यवस्था गर्दै आइरहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यले न्युरोडमा चौथो सेवाकेन्द्र सञ्चालन गरेको छ । संस्थाले आ.व. ०७४/०७५ मा आफ्नो शेयर सदस्यलाई १८प्रतिशत शेयर लाभान्स प्रदान गर्न सफल भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न