प्रशिक्षक प्रशिक्षण तालिम सुरु


काठमाडौ‌ंं । राष्ट्रिय सहकारी महासंघ लि नेपालको आयोजनामा २०७५ असोज ७ गते आइतबारबाट सहकारी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । १२ असोजसम्म संचालन हुने सो कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि। नेपालका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष कँडेलले स्थानीय तह तथा प्रदेशमा बन्ने सहकारी ऐन÷नियम सहकारी मैत्री बनाउनका लागि सबैले आ आफ्नो स्थानबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा सहकारीलाई महत्व दिइएको र त्यहि स्प्रिटमा ऐन नियम सहकारी मैत्री बनाउनका लागि महासंघले पहल गरिरहेको समेत जानकारी दिनुभयो ।

उहाँले सहकारीका दक्ष प्रशिक्षक तयार गर्ने उद्देश्यले महासंघले हरेक बर्ष प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउँदै भन्नुभयो, ‘सहकारीमा शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । प्रशिक्षकले पनि निरन्तर चिन्तन मनन, अध्ययन गरिरहनुपर्छ । विषयवस्तुमा अपडेट भइरहनुपर्छ ।’

सो अवसरमा महासंघका संचालक टिका बुढाथोकीले तालिमले व्यक्तित्व विकासमा समेत योगदान दिने र यसले सहकारी अभियानको विकासमा थप बल पुग्ने बताउनुभयो ।

महासंघका नायव महाप्रबन्धक बाबुल खनालले महासंघले स्थानीय स्तरमा नै दक्ष स्रोतव्यक्ति तयार गर्ने रणनीति स्वरुप प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको बताउनुभयो । उहाँले तालिममा सहकारीको आधारभुत विषयदेखि ऐन नियम कानुनी प्रक्रियाका विषयमा समेत जानकारी हुने र तालिम संचालन गर्ने विधिलाई समेत समेटिने बताउनुभयो ।

वरिष्ठ प्रबन्धक गोपिकृष्ण भण्डारीले सहकारी प्रशिक्षण प्रशिक्षक तालिमको यो १८ औं ब्याच भएको जानकारी दिनुभयो । सबै जिल्लामा निरन्तर प्रशिक्षण होस् भन्ने हेतुले महासंघले यो कार्यक्रम आयोजना गरेको बताउँदै हालसम्म १५० भन्दा बढि प्रशिक्षक तयार गरिरकेको जानकारी दिनुभयो ।

तालिमको सहजिकरण महासंघका वरिष्ठ प्रबन्धक बलदेव कुमार पौडेलले गर्नुभएको थियो । तालिममा विभिन्न १० जिल्लाका करिब २५ जनाको सहभागीता रहेको छ । तालिममा महासंघका लेखा समितिका संयोजक धर्मदत्त देवकोटा, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव रघुराम विष्ट, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य उपेन्द्र ढुंङ्गाना, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप सचिव अनन्त कुमार बस्नेत, सहकारी विभागका उपरजिष्ट्रार नारायण अर्याल, महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाल, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, बलदेव कुमार पौडेललगायतले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न