सिवाईसीले सुरु गर्‍यो बिहानी सेवा


बागलुङ । सधै फरक कामहरु गरी सहकारी अभियानमा आफ्नो छुट्टै पहिचान बनाइरहेको जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले असोजदेखि केन्द्रीय कार्यालय बागलुङ बजार मार्फत प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारीले सदस्यहरुको आवश्यकता र चाहानाई मध्येनजर गर्दै र आफ्ना सेवाहरुलाई विस्तार गर्ने क्रममा केन्द्रिय कार्यालयबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । सहकारीले यस पूर्व नै ३६५ दिने काउण्टर सेवा सञ्चालनमा ल्याइरहेको छ । संस्थाका अनुसार प्रभातकालीन काउण्टर सेवा आइताबारदेखि शुक्रबारसम्म (विदाको दिन बाहेक) विहाना ७ बजेबाट सुरुवात हुनेछ । सदस्यहरुलाई यस सेवा अन्तर्गत बचत संकलन र चेकको भुक्तानी सेवा प्राप्त गर्नेछन् ।

संस्थाले दिएको जानकारी अनुसार हाललाई केन्द्रीय कार्यालयबाट सुरु भएको काउण्टर सेवा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा संस्थाका सदस्य सेवाकेन्द्रहरुमा समेत सञ्चालनमा ल्याइने जनाएको छ ।
संस्थाको नवौं वार्षिक साधारणसभाको निर्णय सार्वजनीकीकरण कार्यक्रमको अवसर पारी आयोजना गरिएको विहानी सेवाको उद्घाटन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जिसी र जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतमले संयूक्त रुपमा रिवन काटेर गर्नुभएको थियो भने बिहानी सेवा सुभारम्भ पश्चता सुरुवात भएको निर्णय सार्वजनीकीकरण कार्यक्रमको उद्घाटन जैमीनी नगरपालीकाका प्रमुख एवं संस्थाका शेयर सदस्य ईन्द्रराज पौडेलले गर्नुभएको थियो ।

उद्घाटन पश्चता कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथि पौडेलले सहकारी मार्फत नै देशको समृद्धि सम्भव रहेको बताउनु भएको थियो । सहकारी संस्थाहरुले स्थानीय स्तरका जनताहरुलाई दिएको वित्तीय र गैर वित्तीय सेवा प्रशंसनीय रहेको बताउदै पौडेलले जमैनी नगरपालीकाले त्यस क्षेत्रका जनताहरुको गरिवी न्यूनीकरण र समृद्धिका लागि त्यहाँ रहेको सहकारी संस्थाहरुसंग सहकार्य गरेर कार्य गर्ने समेत बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी., जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, सल्लाहाकार देववहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहाकार गंगा भुजेल, बागलुङ सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, सदस्य सेवाकेन्द्रहरुको तर्फवाट बाटाकाचौर सदस्य सेवाकेन्द्रका संयोजक मदनवहादुर कार्की, परामर्शदाताहरुको तर्फवाट क्या. पदमवहादुर श्रीस राना, नयाँ शेयर सदस्यहरुको तर्फवाट लक्ष्मीकान्त शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको सम्पन्न नवौं वार्षिक साधारण सभामा सर्वसम्मतीबाट पारीत भएका निर्णयहरु संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सार्वजनीकीकण गर्नुभएको थियो । पौडेलले सहकारी ऐन २०७४ अनुसार नेपालमै पहिलो पटक सिवाईसीले साधारण सभाको निर्णय सार्वजानीकीकरण गर्ने कार्य गरेको दावी गर्नुभएको थियो ।

संस्थाका ८ वटा सदस्य सेवाकेन्द्रबाट साधारण सभामा निर्णय प्रमाणितका लागि छनौट भएका ५/५ जना शेयर सदस्यहरु, सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमतिका पदाधिकारी सदस्यहरु , संस्थाका केन्द्य्रिय सञ्चालक र कर्मचारीहरु उपस्थित रहेको कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्ष उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत र सचिव रामवहादुर के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम