सिवाईसी साकोसको वार्षिक कारोवार ६ अर्व २१ करोड


बागलुङ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जिल्लाभर रहेका संस्थाका सदस्य सेवाकेन्द्रहरु मार्फत एकैदिन एकै समयमा ८ वटा स्थानमा संस्थाले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

जिल्लाको बागलुङ बजार, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ, कुश्मिसेरा, बाटाकाचौर र खर्वाङमा संस्थाले स्थानीय स्तरबाटै साधारण सभाहरु सम्पन्न गरेको हो । नेपालमै उत्कृष्ट संस्थाको रुपमा आफुलाई स्थापीत गर्न सफल संस्थाले यस आर्थिक वर्षमा मात्र ६ अर्व २१ करोड ३० लाख ९० हजार बराबरको कारोवार गरेको साधारण सभामा प्रस्तुत संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

हुने खानेको पैसा हुँदा खानेमा पु¥याउने र हुदा खानेलाई हुने खाने बनाउने महान लक्ष्यका साथ २०६६ चैत्र २६ गतेका दिन स्थापीत संस्था वित्तीय हिसावले धौलागिरी अञ्चलकै अग्रणी संस्थाको रुपमा रहेको छ । जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा ६ हजार ३ सय ९४ सदस्य, १६ करोड १० लाख शेयर पुँजी, ५० करोड ६७ लाख बचत, ६३ करोड ६१ लाख लगानीमा रहिरहेको ऋण, ४ करोड ९ लाख बराबरको कोषहरु र ८० करोड बराबरको सम्पत्ती रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्था वित्तीय कारोवार संगसंगै सामाजिक सुरक्षा तथा मानविय समवेदना लगाएतका गैर वित्तीय कार्यहरुमा पनी अग्रणी रहेकाले जिल्लामा संस्था प्रतिको आकर्षण वढ्दो रहेको छ । संस्थाले गत आ.व. ०७४।०७५ मा मात्र शेयर सदस्य स्वयं र उनीहरुका आफन्तहरुको मृत्यूमा गरी १०८ जनालाई ९ लाख २० हजार मृत्यू राहत रकम प्रदान गर्नुका साथै श्रदाञ्जली सभा सम्पन्न गरी दुखः व्यक्त गरको छ । त्यस्तै संस्थाले सुत्केरी पोषण सुविधा अन्तर्गत ५५ जना महिला शेयर सदस्यहरुलाई १ लाख ५ हजार, जेष्ठ नागरीक पेन्सन सुविधा अन्तर्गत ७० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई मासिक ७ सय ५० का दरले २८ जना जेष्ठ शेयरसदस्यहरुलाई पेन्सन सुविधा, ४ जना शेयर सदस्यहरुलाई ३७ हजार ५ सय औषधि उपचार सुविधा, प्राकृतीक विपतराहात लगाएतका मानविय समवेदनामा सहयोग पु¥याउदै आईरहेको छ ।

संस्थाले सदस्यहरुको माग र आवश्यकतालाई मध्येनजर गरी ३६५ दिन नै कारोवार सेवा, मोवाईल बैंकीङ सेवा, रेमीट्यान्स सेवा, चौवीसै घण्टा ईमेर्जेन्सी कलीङ सेवा, सेवाकेन्द्रहरु मार्फत स्थानीय स्तरमै वित्तीय तथा गैर वित्तीय सेवाहरु सञ्चालन गर्दै आईरहेको छ भने यस आर्थिक वर्षदेखी संस्थाको केन्द्रिय कार्यालयमा विहानी सेवा पनी सञ्चालन हुने गरी साधारण सभामा प्रस्तावा पारीत भएको छ ।

स्थापनाको छोटो अवधिमा जिल्ला देखि राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मानहरु संस्थाले प्राप्त गरीसकेको छ । जसमा डिभिजन सहकारी कार्यालय बागलुङबाट धौलागिरी अञ्चलकै उत्कृष्ट सहकारी संस्था, आत्नरीक राजस्व कार्यालय पोखराबाट दुई पटक उत्कृष्ट करदाता सम्मान, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनबाट प्रदेश नं. ४ को उत्कृष्ट सहकारी पुरस्कार, जिल्ला सहकारी संघ लि. बागलुङबाट जिल्लाको उत्कृष्ट सञ्चालक पुरस्कार, राष्ट्रिय सहकारी महासंघ नेपालबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र राष्ट्रिय सहकारी बैंक लि. बाट जिल्लाको उत्कृष्ट कारोवारी संस्था पुरस्कारबाट सम्मानीत भईसकेको छ ।

संस्थाका जिल्लाभर सञ्चालीत ८ वटा साधारण सभाले संस्थाको आर्थिक वर्ष ०७५।०७६ का लागि विभिन्न ४६ वटा नीति तथा कार्यक्रमहरु सञ्चालनका लागि पारीत गरेका छन् भने संस्थाले यस आ.व. मा १२ हजार ५ सय सदस्य, १८ करोड १६ लाख शेयर पुँजी, ७९ करोड १६ लाख बचत, ९३ करोड १३ लाख लगानीमा रहीरहेको ऋण, १ अर्व १६ करोड बराबरको सम्पत्ती रहने गरी बजेट तथा कार्यक्रमहरु पारीत गरेको छ ।

संस्थाले साधारण सभाकै अवसरमा असल नियमित, कारोवार र आवाधिक बचतकर्ता, उत्कृष्ट उद्यमी सदस्य, उत्कष्ट ऋणी सदस्य, असल बाल बचतकर्ता र असल सदस्यहरुलाई ८ वटै सेवाकेन्द्रहरु मार्फत सम्मान गरेको छ भने आजकै दिन संस्थाले १ सय भन्दा वढि व्यक्तिहरुलाई शेयर सदस्यता प्रदान गरी संस्थामा स्वागत तथा सम्मान गरेको छ ।

एकै साथ गरिएका ८ वटै साधारण सभामा कुल ४ हजार ३ सय ५८ जनाको उपस्थिती रहेको संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विपतमा सहकारीको भूमिका प्रशंसनीय नेफ्स्कून अध्यक्ष
मेची कोशी तेस्रो क्लस्टरको तेस्रो कार्यशाला (PALM Workshop) धरानमा सम्पन्‍न
तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी
पूर्वका पाँच साकोसबीच एकीकरण