कोपोमिस प्रभावकारी बनाउन मन्त्रीको निर्देशन


काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा निवारण मन्त्री पद्मा अर्यालले कोपोमिस सफ्टवेयर प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनुभएको छ । सहकारी विभागले आयोजना गरेको प्रदेश, महानगर तथा उपमहानगरमा एकीकृत सूचना प्रणाली(कोपोमिस) कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कोपोमिस सञ्चालनका क्रममा उत्पन्न जटिलता समाधान गर्दै सार्थक ढंगले कार्यान्वयन गरिने बताउनुभयो । । स्थानीय तहमा सहकारी अस्तव्यस्त भएको भन्दै मन्त्री अर्यालले कोपोमिसले सहकारी व्यवस्थित हुन सघाउ पुग्ने बताउनुभयो ।

हरेक स्थानीय तहले कर्मचारी खटाउनुपर्नेमा जोड दिनुभयो । डेक्स स्थापना गर्न सके सहकारी व्यवस्थित हुन सघाउ पुग्ने उहाँको भनाई थियो । विकासको पहिलो शर्त मानव विकास हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कोपोमिसको सदुपयोगप्रति आशंका व्यक्त गर्नुभयो ।

‘हामी अपराध गर्न प्रोत्साहन गर्दैनौ तर सहकारीका सूचना व्यवस्थित बनाउन जरुरी छ’ उहाँले भने । स्थानीय तहमा सहकारी अलपत्र परेको भन्दै बडालले सबै स्थानीय तहले सहकारीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारी र राज्यको सम्बन्ध नङ र मासुको जस्तै हुने भन्दै राज्यले सहकारीलाई नियन्त्रण गर्ने भन्दा पनि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका निमित्त सचिव रघुराम विष्टले प्रदेश, महानगर र उपमहानगरमा ७५ प्रतिशतभन्दा बढी सहकारी रहेको बताए । अनलाइन र अफलाइनबाट कोपोमिस पूर्णरुपमा कार्यान्व्यनमा ल्याइने उहाँको भनाई थियो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मी, वित्तीय क्षेत्रका सूर्यप्रसाद आचार्य, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, विभागका शाखा अधिकृत टोपलाल अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम