कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न


बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयको आयोजनामा संचालित तिन दिने कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम ११ गतेबाट एक समारोहकाबीच समापन भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैकका लघु तथा बिपन्न उप-समितिका सदस्य महेन्द्र कुमार गिरीको अध्यक्षता तथा  बैकको लेखा समिति सदस्य लक्ष्मी प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता समापन कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रमको समापन अबसरमा सहभागीको तर्फवाट औचित्यता तथा धन्यबाद धौलागिरी पारिजात बहुउद्देश्यीय स सं का ब्यवस्थापक राजेश दाहाल तथा महिला सहभागिको तर्फबाट नेपाल बहु स संवाट किरण कट्टेलले दिनुभएको थियो ।
तालिम कार्यक्रम झापाका २६ भन्दा बढी सहकारी संघ/संस्थावाट ३९ जना सहकारीकर्मीहरुको सहभागितामा बैंकको कर्जा विभागका प्रमुख प्रमोद कुमार घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।  तालिम कार्यक्रमको समापन शत्र बैंकको बिर्तामोड शाखाका प्रमुख सबिना बस्नेतको संचालनमा सम्पन्न भएको थियो |


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको