लालीगुरासको २० औं वार्षिकउत्सव


काठमाडौं । ललितपुरको पुल्चोक स्थित श्री लालीगुरास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले २० औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी लगायतका संचालक समितिका पदाधिकारीले केक काटेर वार्षिक उत्सव मनाएका थिए । ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले सबै सदस्य सुविधा काउण्टरमा वार्षिक उत्सव मनाएको थियो ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थामा करिब १९ हजार शेयर सदस्य रहेका छन् । संस्थाका संस्थामा संचालक समिति, उपसमितिले शुभकामना आदानप्रदान गरी वार्षिक उत्सव मनाएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न