सहकारीपीडितकाे धर्ना


असोज १४ , काठमाडौँ . एन आइ सी एसिया बैंकले आफुहरुको सम्पति हडपेको आरोप लगाउदै ओरेन्टल सहकारी पिडित हरुले माइतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्
पिडित हरुले एन आइ सी एसिया बैंकले ओरेन्टल सहकारी निक्षेपकर्ता हरुको रकम लगानी गरि बनाउन लागियको धापासी हाइटको जग्गा एकलौटी रुपमा हडपेको आरोप लगाएका छन् , आफुहरुलाइ जानकारी नै नगराई मनोमानि ढंगले जग्गा हडपेको ,आरोप पिडितहरुले लगाएका छन् ।
सयौको संख्यामा जम्मा भएर पिडितहरुले न्यायलय हामिलाई न्याय देउ, बैंकले हडपेको सम्पति फिर्ता पाँउ , एन आइसी एसिया बैंकले पिडित हरुको सम्पत्ति फिर्ता गर , जस्ता नारा हरु लेखियको ब्यानर र पेलेकार्ड सहित माइती घर मण्डलामा नाराजुलुस गरेका छन् ,
उक्त बिरोध सभालाई सम्बोधन गर्दै भोलि असोज १५ गते सोमवारका दिन, अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको पेसी तोके पछि पिडितहरुले निस्पक्ष न्याय तथा न्यायपालिकाको ध्यानाक्रर्षन गर्ने उदेश्यले उक्त बिरोध प्रदर्शन गर्नुपरेको र न्यायलय बाट हामि पिडित हरु न्याय पाउनेमा बिस्वस्त रहेको पनि सहकारी पिडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोख्रेलले बताइन

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको