अन्तर्राष्ट्रिय कार्यक्रममा सहकारी बैंकको सहभागिता


ललितपुर । International Development Institute (IDI) आयोजनामा ७ देखि १३ अक्टूवर २०१८ सम्म संयुक्त राज्य अमेरिका (USA) मा संचालन हुन्गै रहेको Banking Leadership Program कार्यक्रममा बैंकले सहभागिता जनाएको छ ।  बैंकको तर्फवाट बैंकको सदस्य संस्थावाट १५ जना प्रतिनिधिहरुले यस कार्यक्रममा सहभागिता जनाएका छन् ।

कार्यक्रममा आधुनिक सहकारी बैंकिंग प्रणाली, सहकारी बैंकिंगमा भएका नवीनतम प्रयोग र प्रविधि, सहकारीमा निहित जोखिम र यसको नियमन, विश्वमा भएका आधुनिक सहकारी सिद्धान्त र प्रयोग लगायत, स्थानीय सहकारी अबलोकन भ्रमण समेत गरी बृहत विषयबस्तु वारे तालिममा छलफल तथा प्रस्तुतिहरु हुनेछन् । 

 

 बैंकको कर्पोरेट कार्यालयमा आयोजना भएको एक कार्यक्रमकाबीच बैंकका प्रबन्ध संचालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरुले बैंकका संचालक तथा यस अध्ययन भ्रमणका नेतृत्व गरी अमेरिका प्रस्थान गर्न लाग्नु भएका रामशरण शर्मा घिमिरे लगायतका अन्य सहकारी कर्मीहरुलाई बिदाई गर्नु भयो |


IDI अमेरिका स्थित आफ्नो कार्यालयवाट क्षमता विकास, कार्यकारी शिक्षा, मानव संसाधन विकास, संस्थागत सुशासन र सबलीकरण लगायतका विषयबस्तुमा अन्तर्राष्ट्रिय स्तरका तालीम तथा सेमिनार संचालन गर्ने संस्था हो, गत चैत्र १२ गते International Development Institute (IDI) का उच्च पदस्थ प्रतिनिधिहरुवाट राष्ट्रिय सहकारी बैंक लिमिटेडको कर्पोरेट कार्यालय अबलोकन समेत भएको थियो |


काे काे जादैँ छन् अमेेरिका


१) रामशरण शर्मा घिमिरे ( संचालक रास्ट्रीय सहकारी बैंक ली.)
२) पुष्प बिस्ट (उपाध्यक्ष, डिलाइट साकोस )
३) पदम नारायण त्रिपाठी (प्रबन्ध संचालक, डिलाइट साकोस )
४) रमेश श्रेष्ठ (ब्यवस्थापक, नयाँ पाटी साकोस)
५) मणिराम श्रेष्ठ (संचालक,शांति जनकल्याण साकोस)
६) ध्रुब ब. रायमाझी (अध्यक्ष, पारिजात साकोस)
७) जय राज जोशी (संचालक, नवजीवन सहकारी)
८) सुदीप कुमार रेग्मी (लेखा समिति सदस्य, चाइनाट्रेड बहुउद्द्येश्यीय सहकारी)
९) केदार नाथ उप्रेती (शाखा प्रमुख, रास्ट्रीय सहकारी बैंक ली. न्यूरोड शाखा)
१०) देव कुमार नेपाली (अध्यक्ष, इमेज साकोस)
११) दीपक पौडेल (प्रबन्ध संचालक, इमेज साकोस)
१२) सुनील नेपाली ( ऋण अधिकृत, इमेज साकोस)
१३) राजू खतिवडा (कार्यकारी अध्यक्ष, पञ्चशील बहुउद्द्येश्यीय सहकारी)
१४) रीता खतिवडा डंगोल (शाखा प्रमुख, पञ्चशील बहुउद्द्येश्यीय सहकारी)
१५) दीपेश भट्टराई (कृषि ऋण उपसमिति सदस्य, पञ्चशील बहुउद्द्येश्यीय सहकारी)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न