आदर्श सञ्चार सहकारीद्धारा मृत्यु राहत हस्तान्तरण


बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत रकम हस्तान्तरण गर्दै समवेदना व्यक्त गरेको छ ।  संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका वडा नम्बर १३ निवासी दुर्गाप्रसाद रिजालका आमा र राधिका रिजालकी सासु आमा दुर्गा कुमारी रिजालको निधन भएको १२ औं दिनको पुण्यतिथिमा उहाँहरुको घरमै पुगेर श्रद्धाञ्जली सभा तथा राहात रकम हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले संस्थाको नियम अनुसार सेयर सदस्य द्वय दुर्गाप्रसाद रिजाल र राधिका रिजाललाई प्रतिव्यक्ति ५ हजारका दरले संयुक्त १० हजार रुपैया राहत रकम हस्तान्तरण गर्नुभएको हो । राहात रकम हस्तान्तरण गर्दै जिसीले संस्थाले शेयर सदस्यको परिवारमा पर्न जाने शोकमा साथ दिन यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

जन्मदेखि मृत्युसम्म सहकारी शेयर सदस्यको सहयोगी बन्नु पर्ने बताउनुभयो ।  साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र स्वंयम सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया राहात स्वरुप हस्तान्तरण गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम