सहकारी खोली आत्मनिर्भरताको बाटोमा महिलाहरु


म्याग्दी, मंसिर ११ म्याग्दीका महिलाहरु संगीनी बचत तथा ऋण सहकारी संस्था स्थापना गरी आत्मनिर्भनरतर्फ लागेका छन् । उनीहरुले बचत तथा ऋणको काम गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेका छन् ।
सहकारी मार्फत आत्मनिर्भर बन्दै गएका छन् । महिलाहरुले मात्रै सहकारी चलाएएर महिलालाई आम्मनिर्भर बनाउन हौसिएका छन् । आफनै लगानी र व्यवस्थापनमा महिलाहरुले सहकारी चलाएपछि उनीहरुको जीवनस्तरमा समेत सुधार भएको छ । संगीनीले वार्षिक ५ करोड भन्दा बढिको कारोबार गर्दै आएको छ ।
उक्त सहकारीको कुल शेयर पुँजी ६१ लाख ३६ हजार ७ सय र लगानी १ करोड १८ लाख ५६ हजार ७ सय २७ तथा कुल कारोबार ५ करोड ८ लाख ६६ हजार ६ सय ८१ र निक्षप सङ्कलन ६९ लाख ९३ हजार १ सय ८४ रुपैयाँ रहेको छ ।
त्यस्तै सहकारीले सञ्चालक समिति र कर्मचारीले मासिक वैठक भत्ताबाट ५० रुपैयाँका दरले जम्मा गरी राहत कोषको स्थापना गरेको छ । उक्त राहत कोषबाट हिंसापीडित महिला तथा बालबालिका, अपाङ्गता भएका, असहाय, बिरामी, विपन्न तथा गरिबलाई सहयोग गर्ने गरेको सहकारी अध्यक्ष अमृता भण्डारीले बताउनुभयो ।
आफ्ना वार्षिक भए गरेका आय व्यय विवरणलाई चुस्त दुरुस्त र पारर्दशिता गराउने उदेश्यले पत्रकार सम्मेलन गरीएको उपाध्यक्ष साधना श्रेष्ठले बताइन् । २ वर्ष अगाडी स्थपना भएको संगीनीमा शेयरधनी र बचतकर्ता गरी १ हजार पाँच सय भन्दा बढी महिला आबद्ध छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न