सहकारीका समस्या समाधान गर्न सहकारीकर्मी एकजुट हुन आग्रह


बाँके, मंसिर ११ । सहकारीका विकृति र विसंंगती न्यूनिकरण गर्न सहकारीकर्मी एक भएर लाग्नुपर्ने बाँकेमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीकर्मी एकजुट भएर मात्र सहकारीका समस्या निराकरण गर्न सकिने बताएका थिए । भेलामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानका विकृति र जोखिमहरुलाई न्युनीकरण गर्दै गुणात्मक विकासमा सहकारी संघसंस्थाहरुलाई दृढ प्रतिवद्धतासाथ लाग्न आग्रह गर्नुभयो । सहकारी अभियानलाई एकीकृत स्वरुपमा अघि बढाउने तयारी नेफ्स्कूनले गरिरहेको बताउदै कानूनी र नीतिगत रुपमा सहकारीहरुको अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।
सहभागी सहकारीकर्मीहरुले सबै बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारीलाई सुशासित र जोखिमरहित बनाउनका लागि नेफ्स्कूनको भूमिकाको प्रभावकारिताको अपेक्षा गरेका थिए । बांके जिल्लामा ९६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन जसमध्ये सहकारी अभियानमा ५० वटा संस्थाहरु आवद्ध छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने