आइसीए एसिया प्यासिफिकको क्षेत्रीय सभा नेपालमा हुने 


काठमाडौ‌ । १४ अाैै‌ं अन्तराष्ट्रिय काेअपरेटिभ एलाइन्स एसिया प्यासिफिक क्षेत्रीय साधारणसभा सन्  २०२० मा नेपालमा हुने भएको छ ।  अन्तर्राष्ट्रिय सहकारी महासंघका सदस्य संघहरु राष्ट्रिय सहकारी महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड र नेपाल सरकारबिच भएको बैठकले आइसीए एपीको क्षेत्रीय सभा नेपालमा गर्ने निर्णय  गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव प्रसाद बडालले सहकारी क्षेत्रका लागि यो एउटा अवसर भएको बताउनु भयो । उहाँले आउँदो नोभेम्बरको २६ देखि ३० सम्म इरानमा हुने १३ औं क्षेत्रिय भेलामा १४ औं सभाको आयोजकमा नेपालको नाम प्रस्ताव हुने बताउनुभयो ।

आइसीए एपीले नेपाललाई सो भेला आयोजनाका लागि प्रस्ताव गरेको थियो । सो विषयमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको बोर्ड बैठकले आइसीएका सदस्य संघहरु र नेपाल सरकारसँग छलफल गर्ने निर्णय गरेको थियो । 


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले यो नेपालका लागि अवसर भएको बताउनु भयो । यो सभाले नेपालमा पर्यटन आगमनमा समेत योगदान हुने बताउनुभयो । उहाँले अर्काे बर्षको बजेटमा यस विषयलाई सम्बोधन गर्न सकिने र सभा आयोजनाका लागि प्रसस्त समय रहेको समेत बताउनुभयो ।

 भेलाले राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय स्टेरिङ्ग कमिटी बनाएको छ । सो कमिटीको सदस्यहरुमा भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष, राष्ट्रिय सहकारी बैंक लिका अध्यक्ष रहनुभएको छ । सदस्य सचिवमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका महाप्रबन्धक रहनुभएको छ । 


त्यसैगरि राष्ट्रिय सहकारी महासंघ लि. नेपालका महाप्रबन्धको संयोजकत्वमा वर्किङ्ग कमिटी गठन गरिएको छ । सो कमिटीको सदस्यमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप सचिव, तीनवटै सदस्य संघहरु र सहकारी विकास बोर्डका प्रमुख कार्यकारी तथा प्रतिनिधि रहने उल्लेख गरिएको छ। 


यस अघि २०१६ मा भारतमा क्षेत्रीय भेला भएको थियो भने २०१४ मा इन्डोनेसिया र २०१२ मा जापानमा सो भेला आयोजना भएको थियो । आइसीए एपीमा ३२ देशका १ सय ४ सदस्य संघ आवद्ध रहेका छन् । नेपालबाट राष्ट्रिय सहकारी महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक पूर्ण सदस्यता प्राप्त संघहरु हुने भने राष्ट्रिय सहकारी विकास बोर्ड एसोसिएट सदस्य सस्था हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न