सुर्खेतमा जोखिममा आधारित सहकारीको अनुगमन


सुर्खेत । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लिको प्राविधिक सहयोग र समाजकल्याण बचत तथा ऋण सहकारी संस्था लि विरेन्द्रनगर, सुर्खेतको कोलडाँडामा आयोजित जोखिममा आधारित साकोस सुपरीवेक्षण तथा अनुगमन-(Credit Union Risk Based Supervision) कार्यक्रम अन्तरगतको प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशला सम्पन्न भएको छ ।

आयोजक संस्थाका उपाध्यक्ष बेला बोगटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य एवं प्रदेश नं ६ का संयोजक यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक संस्थाका प्रबन्धक गोकर्ण पौडेलले सहजिकरण गर्नुभएको सो कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा ऋग्च्द्यक् मा आबद्ध सुर्खेत जिल्लाका १३ वटा प्रारम्भिक साकोसका ऋग्च्द्यक् कार्यदलका संयोजक र व्यवस्थापकको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन सहयोग नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र फिल्ड इन्चार्ज छत्र प्रसाद धमलाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न