समृद्धिका लागि  सहकारीसंग सहकार्य गर्न स्थानीय तहलाई जिसीको आग्रह


पश्चिम दरवाङ सहकारीको एकीकृत साधारणसभा सम्पन्न 
बागलुङ, २३ असोज ।  दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मालिका गाउँपालिका म्याग्दीको एकीकृत साधारणसभा शनिवार सम्पन्न भएको छ ।   १५ करोड भन्दा बढी वासलात भएका दुई संस्था एकीकरणपछि बनेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सीले गर्नु भएको थियो ।

 

सो अवसरमा संस्थाको नयाँ भवनको समेत प्रमुख अतिथि जिसीले उद्घाटन गर्नु भएको थियो । साधारणसभाको उद्घाटनपछि बोल्दै जिसीले ग्रामिण क्षेत्रमा रहेर जनतालाई व्यवसायिक बनाउन तथा उनीहरुमा वित्तीय सचेतना प्रदान गर्नका लागि पश्चिम दरवाङ साकोसले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।   सहकारीले स्थानीय स्तरमा पूँजि निर्माणका लागि महत्वपूर्ण काम गरेको भन्दै जिसीले सहकारीसंग समन्वय गरेर स्थानीय तहलाई समृद्ध बनाउन स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

सहकारीहरुलाई नियन्त्रण गर्ने सोच कतिपय स्थानीय तथा प्रदेश सरकारहरुमा देखिएको भन्दै उहाँले सहकारीलाई नियन्त्रण होइन, प्रवद्र्धन गरेर अगाडि बढ्दा मात्रै राज्यले लिएको तीन खम्बे अर्थनीति सफल हुने धारणा राख्नु भयो ।   जनतालाई आयआर्जन गर्न सिकाउने, कर तिर्न योग्य नागरिक निर्माण गर्ने र पूँजि निर्माणसंगै परिचालन गर्ने सहकारीलाई नियन्त्रण गर्ने, कमजोर बनाउने स्थानीय सरकारहरुले सफलता नपाउने पनि जिसीले बताउनु भयो ।

 

कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत छविलाल सुवेदी र मालिका गाउँपालिका वडा नं. ६ का अध्यक्ष तथा सहकारी विभाग प्रमुख सन्तनाथ सुवेदीले सहकारीहरुसंग समन्वय गरेर समृद्ध गाउँपालिकाको योजना निर्माण गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष मोतिराज उपाध्याय, गरिमा विकास बैंक दरवाङ शाखाका प्रमुख नारायणहरि शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।   कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष भीमप्रसाद गौतमको स्वागत र सहसचिव बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थाका लेखा समितिका संयोजक गिरिप्रसाद छन्त्यालले संस्थाका सवल पक्ष र सुधार गर्नु पर्ने पक्ष बारेमा जानकारी गराउनु भएको थियो ।   दुई संस्था एकीकरण पछि सम्पन्न पहिलो वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्मा पौडेलको संस्थाको समग्र अवस्था र आगामी कार्ययोजना, सहसचिव बालकृष्ण शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

२०७५ जेठ १ गते एकीकृत भएका दुवै सहकारीको एकीकृत कारोबार बारेमा साधारणसभामा जानकारी गराइएको थियो । एकीकृत संस्था पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्षको अन्त्यसम्म ३४ करोड ७१ लख ८९ हजा ६ सय ५९ रुपैया वासलात रहेको छ । संस्थामा ४ करोड ४० लाख शेयर रकम, १ करोड २ लाख जगेडाकोष, २८ करोड ८२ लाख निक्षेप र २६ करोड ४१ लाख कर्जा लगानी रहेको सो अवसरमा जानकारी गराइएको थियो । म्याग्दी जिल्लाको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारमा सुविधा सम्पन्न भवन निर्माण गरी सदस्यहरुलाई सेवा दिदै आएको संस्थाले कार्यक्षेत्र विस्तार गरी जिल्ला स्तरमा काम गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाएको अध्यक्ष सुरेन्द्रराज शर्मा पौडेलले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेफ्स्कून-बचत संघ सुनसरीबीच अन्तरक्रिया