दूध बिक्री गर्न हौसिदैं सिँगाका सहकारीकर्मी


म्याग्दी, मंसिर ११। म्याग्दीका अधिकांश सहकारीकर्मीहरु दूध बिक्रीबाट राम्रो आमदानी गर्न सफल भएका छन् । उनीहरुले सहकारी स्थापना गरी पशुपालन गरेका छन् ।
म्याग्दीको सिँगाका बासिन्दाहरु जनभावना दुग्ध सहकारी संस्थामा आबद्व भई दूध बिक्री गरेर गाउँमा लाखौँ नगद भित्र्याउन सफल छन् । कृषकले दूधबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् ।
विसं २०६९ मा दुग्ध सङ्कलन केन्द्र स्थापना गरी दूध निर्यात गर्न सुरु गरेको संस्थाले चालु आर्थिक वर्षको १० महिनामा मात्र करिब रु २२ लाखको दूध बिक्री गरेको जनाएको छ । २०७० साल असारदेखि २०७१ साल वैशाख मसान्तसम्म ३६ हजार २५५ लिटर दूध बिक्री गरेर रु २१ लाख ७५ हजार आम्दानी भएको संस्थाका सचिव देवेन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।
प्रतिलिटर रु ६० का दरले सदरमुकाम बेनी बजारमा दूध बिक्री हुने गरेको छ । संस्थामा आबद्ध ४१ जना कृषकमध्ये हाल २५ जनाले दैनिक १५५ लिटरका दरले दूध बिक्री गर्दै आएका छन् । कृषकबाट रु ५० का दरले दूध खरिद हुने गरेको छ ।

ढुवानीबापत ६ रुपैयाँ संस्थाको कोषमा राख्ने गरिएको छ । गत वर्ष पनि रु २० लाखको दूध निकासी भएको थियो । सचिव बानियाँका अनुसार जिल्ला पशुसेवा कार्यालयको सहयोगमा संस्थाले दुग्ध सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

दूध बेचेर एक जना किसानले बढीमा मासिक ४५ हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । संस्थामा दूध भण्डारणका लागि डिफ्रिज राख्न र भैँसीपालनका लागि कृषकलाई अनुदान उपलब्ध गराउन पहल भइरहेको सचिव बानियाँले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न