व्यवस्थापकहरुलार्इ क्षमता अभिबृद्धि तालिम


बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋाण सहकारी संघ लि. बागलुङको आयोजनामा जिल्लामा क्रियाशिल सहकारी संस्थाका व्यवस्थापकहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको छ ।

सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुलाई तालिमको माध्यमवाट दक्ष र क्षमतावान बनाई जिल्लाको सहकारी अभियानलाई उचाईमा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थामा व्यवस्थापकहरुको महत्वपूर्ण भूमिका हुने बताउदै समय सापेक्ष रुपमा आफुलाई दक्ष बनाईराख्नुपर्ने बताए ।

जिल्ला बचत संघले सहकारी संस्थामा कार्यरत सञ्चालक समिति उपसमिति र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि विविध तालिमहरु आयोजना गर्ने गरेतापनी यहाँको सहकारी संस्थाहरुले तालिमलाई प्राथामीकता नदिएको उनको भनाई थियो । जन्मदै कोही पनी जान्ने नहुने बताउदै पौडेलले अध्ययन अवलोकन, तालिम तथा शिक्षाबाट जो कोही पनी दक्ष हुने भन्दै जिल्ला बचत संघ यही अभियानमा लागिरहेको समेत बताए ।

कार्यक्रममा प्रशिक्षक कल्याणकारी साकोस लुगुका प्रवन्धक कुमार खत्रीले मन्तव्य राखेका थिए । दुई दिनसम्म सञ्चालन हुने तालिममा बागलुङ र म्याग्दी जिल्लाका २२ वटा संस्थाका २७ जनाको उपस्थिती रहेको छ ।

तालिम कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता लेखा समिति सदस्य संगिता शर्मा पौडेलको स्वागत र सञ्चालक गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको