नेडाकको उपाध्यक्षमा केबी उप्रेती निर्विरोध निर्वाचित


नयाँ दिल्ली । एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (NEDAC) को साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि. को तर्फबाट प्रबन्ध संचालक के. बी. उप्रेती NEDAC को कार्यकारी समितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ |
राष्ट्रिय सहकारी विकास निगम (NCDC) भारतको आयोजनामा National Academy of Agriculture Sciences, NASC Complex, DPS Marg, Pusa, मा November १५- १६ सम्म भै रहेको NEDAC को साधारण सभा भारतको Minister of state for agriculture पर्शोत्तम रुपलाबाट उद्घाटन भएको हो | NEDAC को सदस्य NCDC सन् १९६३ मा स्थापना भै भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ |
FAO Annex, बैंककमा सचिवालय रहेको NEDAC, ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छ |


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम