सात बुँदे साझा प्रतिबद्धता पत्र जारी गर्दै सकियाे सहकारी युवा सम्मेलन


नेपालगन्ज । ने‍पाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र विभिन्न सदस्य संघ संस्था तथा निकायहरुको सहकार्यमा सहकारी र उद्यमी युवाहरु मार्फत समृद्ध राष्ट्र निर्माण भन्ने मुल भावका साथ प्रदेश स्तरीय सहकारी युवा सम्मेलन २०७५ आज ७ बुँदे साझा प्रतिबद्धता पत्र जारी गर्दै बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ ।

युवा सम्मेलनका प्रस्तुत विषयहरुमा नेपालको युवा शक्तिलाई सहकारी अभियानमा आवद्ध गराउँदै उद्यमशिलताको विकास गरी समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय नारालाई साकार बनाउनमा महत्वपूर्ण योगदान पुग्ने विषयमा विश्वस्त हुँदै साकोस मार्फत गरिबी न्यूनीकरण, सामाजिक एकता र स्वरोजगारी सिर्जना गरी समृद्ध नेपाल निर्माण गर्न क्रियाशिल हुने उच्च संकल्प गरिएको थियो ।

प्रदेश स्तरीय युवा सम्मेलन २०७५ ले जारी गरेको ७ बुँदे साझा प्रतिबद्धता पत्रः

प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सदस्य संस्थाहरुको संयुक्त पहलमा सम्पन्न प्रदेशस्तरीय युवा सम्मेलनको मार्गदर्शन अनुरुप सदस्य संस्था, नेफ्स्कून, सम्बन्धित निकाय (पालिका, प्रदेश र संघ)को संयुक्त सहभागितामा साकोस मार्फत उद्यमशिलता समाधान विधि र उद्यम विकास निर्देशिका तयार गरी कार्यान्वयन गर्न प्रतिवद्ध छौं ।

स्थानीय स्तरमा नै सहकारी मार्फत स्थानीय श्रोत, साधनको उपयोग गर्दै युवा लक्षित रोजगारी, उत्पादन वृद्धि र बजारीकरणका कार्यक्रम मार्फत सम्बन्धित निकायसँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्न प्रतिवद्ध छौं ।
आ–आफ्ना संस्थाहरुमा युवा सदस्य अभिवृद्धिका लागि युवा उपसमिति गठन गरी रणनीतिक योजना सहित आगामी पाँच वर्ष भित्र कुल सदस्यको ३०% युवा सदस्य र नेतृत्व तहमा २०% युवा सहभागिता सुनिश्चितताको लागि नीतिगत व्यवस्था गर्न प्रतिवद्ध छौं ।

प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम तीनवटै प्रदेशको पारस्परिक समन्वयमा तीन तीन वटा साकोसमैत्री पालिका (गाउँ/नगर/ उपमहानगर/महानगर) छनौट गरी युवा सहभागिता र उद्यमशिलता नमुना साकोस कार्यक्रम लागु गर्न प्रतिवद्ध छौं ।

साकोसको वार्षिक योजनामा वित्तीय साक्षरता २५% र उद्यमशिलता विकास १०% तालिमको योजना समावेश गरी कुल सञ्चालन खर्चको कम्तिमा दुई प्रतिशत खर्च युवा उद्यमशीलता विकासका क्षेत्रमा प्रयोग गर्न प्रतिवद्ध छौं ।

साकोस मार्फत लगानी गरिने कुल ऋण लगानीको कम्तिमा २५% प्रतिशत रकम युवा उद्यमशिलता कार्यक्रम मार्फत परिचालन गर्न प्रतिवद्ध छौं ।

प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हामी सहभागी साकोस मार्फत आगामी पाँच वर्ष भित्र साकोसमा आवद्ध युवा सदस्यहरुको २% उद्यमी निर्माण गर्न प्रतिवद्ध छौं ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको