सहकारीद्वारा वृद्धभत्ता वितरण


बेझाड, १० मङ्सिर । स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ ।

सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई वृद्धभत्ता वितरण गर्दै आइरहेको उक्त सहकारीले हाल ७० वर्ष उमेरमाथिका ६० ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक रु ५०० वृद्धभत्ता प्रदान गरेको स्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

उक्त सहकारीले तीन वर्षअघिदेखि ज्येष्ठ नागरिक पोषण खर्च शीर्षकअन्तर्गत सो भत्ता प्रदान गर्दै आएको अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले जानकारी गराउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर