एक्सेस सहकारीका प्रतिनिधिलार्इ कार्यकुशलता तथा सिकाई व्यवस्थापन तालिम


नवप्रगति साकोस नवलपरासीको आयोजनामा एक्सेस ५ औं ब्याचका ९ वटा साकोस प्रतिनिधिहरुको उपस्थितिमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM)  सम्पन्न भएको छ ।

पाँचौं ब्याचको नवौं कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथि देवचुली नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले सहकारीहरुले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रित नभई सहकारी सिद्धान्त र मूल्य मान्यता अनुरुप संस्थाहरु अघि बढ्न सुझाव दिनुभयो । कार्यशालामा विशिष्ट अतिथि नेफ्स्कूनका सञ्चालक शान्ति अधिकारीले एक्सेस कार्यक्रमले सहकारीको दीगो विकासमा महत्वपूर्ण भूमिका खेलेको औल्याउँदै साकोसहरु नीति, विधि र प्रविधिमा चल्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यशालामा विशिष्ट अतिथि लेखा सुपरिवेक्षण समिति संयोजक एवं सिको साकोस बर्दियाका अध्यक्ष दामोदर अधिकारी, जिल्ला बचत संघका सचिव होमनाथ जैसी, देवचुली न.पा.१५ का वडाध्यक्ष का वडाध्याक्ष हरिभक्त भट्टराई लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा ऐन, नीति नियम, सदस्य केन्द्रियता सूचांक, सहकारीमा जोखिम व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी ९ वटै साकोसहरुले प्रस्तुत गर्नुभएको संस्थाको पल्र्स तथा संस्थाको प्रस्तुतीकरण पश्चात सकारात्मक र सुधारात्मक पक्षहरुबारे छलफल भएको थियो । कार्यशालामा आयोजक नवप्रगति साकोससँगै परोपकार साकोस, ग्रामीण साकोस बर्दघाट, कोलिय साकोस, जनउत्थान साकोस, सिको साकोस, स्रोत परिचालन साकोस, भरतपुर साकोस र ग्रामीण साकोस सल्यान गरी ९ वटा संस्थाका ४० भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

कार्यशालाको अध्यक्षता आयोजक नवप्रगति साकोस, देवचुली, नवरपरासीका अध्यक्ष मानसिं खत्रीले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कवि न्यौपानेले गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न