पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न


विरगंज ।  राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय विरगंजले आयोजना गरेको ३ दिने पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न भएको छ । पर्सा जिल्लामा रहेका सहकारी संस्थाहरुलाई लक्षित गरि शुरुवात गरिएको तालिम कार्यक्रममा त्यस क्षेत्रका सहकारी संस्थाहरुबाट ३० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । विरगंज स्थित होटल कुमु प्यालेसमा २०७५ मंसिर १८ देखी २० गते सम्म संचालित सो तालिम कार्यक्रममा प्रशिक्षक अनिलवीर बज्राचार्य र विरगंज शाखा प्रमुख युवराज त्रिपाठीले सहजिकरण गर्नुभएको थियो ।

 

कार्यक्रममा सहभागीको तर्फबाट हिमाल बचत तथा ऋण सहकारी संस्था विरगंजका प्रबन्धक किरण झा र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगनारायण सिंहले यस तालमिबाट निकै लाभ लिन सफल भएकोले यस्ता खाले तालिमलाई राष्ट्रिय सहकारी बैंकले आगामी दिनहरुमा निरन्तरता दिन समेत जोड दिनुभयो ।

 


बचत तथा ऋण सहकारी संघ लि. पर्साका उपाध्यक्ष असगर अलि अंसारीको अध्यक्षतामा शुरु भएको तालिम समापन समारोहमा विरगंज महानगरपालिकाका सहकारी अधिकृत रामदयाल प्रसाद यादवले प्रमुख अतिथिको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह, बचत तथा ऋण सहकारी संघ पर्साका संचालक नगनारायण सिंह तथा प्रशिक्षक अनिलवीर बजा्रचार्यको सहभागिता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि यादवले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बैंकले आयोजना गरेको यस किसिमको तालिम अत्यन्तै राम्रो र प्रशंशनिय रहेकोले आगामी दिनमा थप कार्यक्रम ल्याउन सुझाव दिनुभयो । राष्ट्रिय सहकारी बैंक विरगंज शाखा प्रमुख युवराज त्रिपाठीले तालिममा सक्रिय सहभागीता जनाउनुभएकोमा सम्पुर्ण सहकारीकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रशिक्षक अनिलवीर बज्रचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन शाखा प्रमुख युवराज त्रिपाठीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न