सहकारी कम्पनीका रुपमा चल्दा समस्या


भक्तपुर । पूर्व साँसद एवं नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले सहकारी संस्था र फाइनान्स कम्पन बीच व्यवहारमा भिन्नता कम हुदैं गएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १४ औं बार्षिक साधारण सभाका अवसरमा बोल्दै उहाँले सहकारी संस्था र अभियान समाजवाद मान्नु गलत भएको चर्चा गर्नुभयो । उहाँले सोभियत संघ र चीनमा प्रयोग भएका विभिन्न सहकारीहरुबारे बताउनु भयो । नेपालले पनि तीन खम्बे अर्थनीतिलाई पुरा लागु गर्न सहकारीले विपन्न बर्गमा सहकारीको पहुँच पु¥याउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थतन्त्र हातमा भएको शक्तिको नियन्त्रणमा देश हुने बताउदैं उहाँले भौगोलिक स्थितिका आधारमा प्रदेश र स्थानीय तहको ऐन कानुन फरक फरक हुन सक्ने विचार राख्नुभयो । सहकारी संस्थामार्फत उद्योग, प्रविधि र आदर निकेतन जस्ता पुर्वाधार विकास गर्न सरकारले आवश्यक ऐन कानुन बनाउनुपर्ने उहाँको भनाई थियो ।
बिशेष अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले कुशल व्यवस्थापनका साथ उदारहणीय साकोस संघ बनाउन सफल भएकोमा बढाई ज्ञापन गर्नु भयो । उहाँले सहकारी विकासबादी अभियानको रुपमा अघि बढिरहेको बताउनुभयो । सामूहिक समृद्धिको आवश्यकता पूरा गर्न ३४५१२ वटा सहकारी संस्थाहरु सक्रिय भई ६४ लाख सहकारी सदस्यबाट ६५० अर्व कारोबार गरेको बताउनुभयो ।
साथै उहाँले सहकारी ऐनको कार्यान्वनको लागि नियामावली मंसिर मसान्त भित्र र पुष मसान्त भित्र महानगरपालिकामा रहेका सहकारी संस्थालाई १० प्रतिशत र नगरपालिकामा रहेका सहकारी संस्थालाई ५ प्रतिशत आयकरको दर निर्धारण हुने बताउनुभयो ।
बिशेष अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य उद्धव सापकोटाले सभाको शुभकामना मन्तव्य दिदैं नेफ््कून र सहकारी विभाग सहकारीमा सुशासनको लागि समन्वयकारी भुमिका खेलिरहेको बताउनुभयो । त्यसको लागि नेफ्स्कूनले एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एक्सेस ब्राण्ड र नेपाल स्तरीय प्रोवेशन र जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । उहाँले साकोस एकरुपता प्रणाली लागु गर्न दोलखा जिल्लाबाट शूरु गरी देशै भरी क्रमश लागु गर्दै जाने बताउनुभयो ।
संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले सहकारी ऐन संघीय, प्रदेश र स्थानीय तहमा एकरुपता नभएकोले कार्यान्वनमा समस्या भइरहेको बताउनुभयो । उहाँले ऐन कार्यान्वनको लागि नियामावली चाडो भन्दा चाँडो जारी गराउन सम्बन्धित निकायलाई ध्यान आकर्ष गराउनु भयो ।
जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिस लागेजुले उत्पादन बढाउन उत्पादक क्षेत्रमा विकास गर्नुपर्ने विचार राख्नुभयो ।
संघका उपाध्यक्ष हरि बल्लको स्वागत मन्तव्य दिर्दै संघले अन्तर लागनी, तालिम र अभियानलाई अगाडि बढाएको कुरा बताउनुभयो । संघका सचिव जगनाथ प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रु.२७ लाख २७ हजारको भावि कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । संघका कान्छा भक्त घजुले बार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४।७५ मा १ करोड ४ लाख ३७ हजारको नाफा भएको आय व्यय प्रस्तुत गर्नुभयो । वँहाले आ.व. २०७५।७६ मा ५३ करोड ६९ लाख ३७ हजारको अनुमानित वासलात र ५ करोड १७ लाख ९ हजारको अनुमानित आय व्यय बजेट प्रस्तुत गर्नुभयो । लेखा समितिका संयोजक बालमुमुन्द उपाध्यायले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत सम्पुर्ण प्रतिवेदन सभाबाट पारित गरियो । सभाबाट १५ प्रतिशत लाभाष प्रस्ताव र संरक्षित पुँजी फिर्ता कोष वितरण प्रस्ताव समेत पारित गरियो ।

आ.व. २०४५।०७५ मा सदस्य संस्थाले गरेको कारोबारका आधारमा संरक्षित पुजी फिर्ता अन्र्तगत संघको कुल शेयर, बचत र ऋणमा बढी कारोबार गर्ने क्रमश सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., कोपिला बचत तथा ऋण सहकारी संस्था लि. र संचित बचत तथा ऋण सहकारी संस्था लि.लाई प्रशंसा पत्र वितरण गरियो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐनको कार्यान्वनको लागि संघले सम्बन्धीत निकायको ध्यानाकर्षण गराइसकेको बताउनुभयो । सुनुवाइमा ढिला भए सहकारी ऐनको कार्यान्वनमा संघले अभियानको नेतृत्व गर्ने बेला आएको बताउनुभयो । जिल्लाको पैसा जिल्लामै परिचालन गर्न प्रारम्भिक संस्थाले जिल्लामा कारोबार गर्ने र जिल्ला संघले केन्द्रीय संघमा कारोबार गर्ने गरी वातावरण निर्माणको लागि अनुरोध गर्नुभयो । संघले जिल्लाको पैसा जिल्लामा परिचालन गर्न चारवटै न.पा.मा सेवा केन्द्र खोल्न तयार रहेको विचार समेत व्यक्त गर्नुभयो ।
साथै संघले सम्पत्ती शुद्धिकरण निर्देशनको पालनामा रचनात्मक भुमिका खेल्दै आएको सो निर्देशिका सहकारी संस्थालाई फरक ढंगबाट जारी गर्नुपर्नेमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउनुभयो ।

उक्त सभाले रिक्त एक जना संचालक सदस्य चयन गर्न गरिएको निर्वाचन प्रक्रियाबाट बाँकी अवधिका लागि नन्दीके्रश्वर बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि इन्द्रप्रसाद व्यान्जुलाई निविर्रोध निवार्चित गरिएको घोषण गरियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न