सहकारी बैंक दैलेख शाखा सम्मानित


दैलेख । ग्रामीण कृषि बहुउद्धेश्यिय सहकारी संस्था लिले राष्ट्रिय सहकारी बैंक दैलेख शाखालाई सम्मान गरेको छ ।

संस्थाको नवौं बार्षिक साधारण सभा तथा चौथो अधिवेसनले बैंकलाई सम्मान गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष जनकराज रेग्मीको अध्यक्षता तथा कणार्ली प्रदेशका भूमि ब्यवस्था तथा सहकारी मन्त्री बिमला केसीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त साधारण सभामा भगवतीमाई गाउपालिका ३ स्थित मेहलतोली जस्तो बिकट क्षेत्रको अर्थिक तथा सामाजिक बिकासमा राष्ट्रिय सहकारी बैंकले खेलेको भूमिकाको उच्च मुल्याङकन गर्दै सम्मान पत्र सहित सम्मान गरिएको हो ।

उक्त सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक शाखा दैलेख बाट पटक पटक गरी रु ३५ लाख लगानी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न