पर्ल्स अनुगम तालिम तथा सहकारी नेतृत्व बिकास तालिमको शुभारम्भ


धनगढ़ी । राष्ट्रिय सहकारी बैंक लि. धनगढ़ी शाखाको आयोजनामा तिन दिने पर्ल्स अनुगमन प्रणाली सम्बन्धि तालिम तथा एक दिने सहकारी नेतृत्व विकास सम्बन्धी तालिमको आज एक कार्यक्रमका बिच शुरुवात भएको छ । कैलाली र कंचनपुर जिल्लामा रहेका सहकारी संघ/संस्थाहरुलाई लक्षित गरी शुरुवात गरिएको तालिम कार्यक्रममा त्यस क्षेत्रका २६ सहकारी संस्थाका सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।
बैंकको धनगढ़ी शाखा उप-समन्वय समितिका सदस्य मनमोहन विष्टको अध्यक्षतामा शुरू भएको कार्यक्रममा नेस्फ्कुनका सञ्चालक तथा कंचनपुर जिल्ला बचत तथा ऋण संघका अध्यक्ष माधव प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो |
बैंकको धनगढ़ी शाखा प्रमुख कृष्ण रावलको संचालनमा शुरू भएको कार्यक्रम देव तालिम ब्यवस्थापन तथा सेवा केन्द्र धनगढ़ीमा मंसिर २९ गते सम्पन्न हुनेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न