शितला सहकारीको साधारणसभा सम्पन्न
गोरखा, मंसिर ११ । शितल बचत तथा ऋण सहकारी संस्था गोरखाको साधारणसभा हालै सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीका माध्यमबाट आर्थिक रुपान्तरण गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का महासचिव परितोष पौडेलले सहकारीले शहरका भन्दा गाउँहका मानिसको जीवनस्तरमा सुधार गर्न सघाउ पुर्याएको बताउनुभयो । उहाँले सहकारीका सदस्यहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नसमेत आग्रह गर्नुभयो ।