बैंकका प्रबन्ध संचालक केवी उप्रेती सम्मानित 


काठमाडौँ । जिल्ला सहकारी संघ काठमाडौँले संघको १९ औं बार्षिक साधारणसभाको अबसरमा बैंकका प्रबन्ध संचालक के. वी. उप्रेतीलाई सम्मान गरेको छ |
हालै भारतमा सम्पन्न एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (NEDAC) को साधारण सभावाट कार्यकारी समितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका सहकारी बैंकका प्रबन्ध संचालक के. वी. उप्रेतीलाई एशिया प्यासिफिक क्षेत्रमा कृषि सहकारीको विकास र विस्तारमा उल्लेखनीय भूमिका प्रदान गर्न सफल हुने विश्वासका साथ सम्मान गरिएको हो, संघको काठमाडौँमा सम्पन्न १९ औं वार्षिक साधारणसभाको अबसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि माननीय पद्मा अर्यालले बधाई पत्र प्रदान गर्दै उहालाइ सम्मान गर्नुभएको थियो |
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी महासंघमा अध्यक्ष केशव प्रसाद बडाल, सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेल, जिल्ला सहकारी संघ काठमाडौँका संचालक समितिका पधाधिकारी सहित संघमा आबद्ध काठमाडौँ जिल्लाका सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |
सम्मानित सहकारी बैंकका प्रबन्ध संचालक के.वी. उप्रेती लामो समय देखि नेपाली सहकारी क्षेत्रमा आबद्ध हुनुहुन्छ, उप्रेतीले नेपाली सहकारी अभियानको नेतृत्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय सहकारी सम्बन्धि कार्यक्रममा सहभागिता समेत जनाई सक्नु भएको छ |


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न