सहकारीमैत्री सहकारी एेन परिमार्जन गर्न जाेड


सबिता शर्मा
कास्की ।  राष्ट्रीय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबि उप्रेतीले सहकारी ऐन २०७४ लाई समयसापेक्ष परिमार्जन गरिने बताउनुभएको छ । कास्की बचत तथा रिण सहकारी संघको १८ औ साधारणसभामा बोल्दै उप्रेतीले सहकारीका सहकारीका वाधा कुरा हटाउने तयारी भइरहेको बताउनुभयो ।

सहकारी ऐन २०७४ ले गरेका मुख्य ब्यबस्थाको जानकारी गराउदै सुधारात्मक पक्षहरुको टिप्पणी गर्नु भयो।सोही क्रममा उपेतिले सहकारी ऐनमा उल्लेख गरिएको आयकर सम्बन्धी ब्यस्थालाई आत्मसाथ गर्न सम्पुर्ण सहकारिहरु लाई अनुरोध समेत गर्नु भयो।
कार्यक्रममा सहकारिको क्षेत्रमा अनुभव बटुल्दै आएका बिभिन्न ब्याक्ती तथा सहकारी संस्थालाई सम्मान गरिएको थियो।
त्यस्तै सम्मानित हुने हरुमा बखान सहकारी अवार्ड २०७५ बाट फेबा बहुउदेश्य सहकारी सिर्जनाचोक पोखरा, राईफाईसन उत्कृष्ट सहकारी ब्यबस्थापक अवार्ड २०७५ बाट पोखरा रोयल सहाकारिका ब्यबस्थापक मिलन ढकाल,ल्भ्म्ब्ऋ को उपाध्यक्ष पदमा निर्बाचित भएको मा के।बि उप्रेती,पोखरा महानगरपालिकाको सहकारी ब्यबस्थापन समितिको सदस्य पदमा मनोनित भएको मा भिम गुरुङ,जिल्ला सहकारी सघ कास्की को अध्यक्षमा निर्बाचित भएको मा रबिरमण तिवारी लाई संघले सम्मान गरेको थियो।
कार्यक्रममा संघका अध्यक्ष सुदिप ढकाल,सचिब दिपक प्रकाश आचार्य ,कोषाध्यक्ष नारायण प्रसाद अचार्य,लेखा समितिका संयोजक रुद्रनाथ पौडेलले संधको बार्षिक प्रतिबेदन प्रस्तुत गरि सस्थाका सदस्यहरुबाट सर्बसहमत रुपमा पारित भएको संघका कोषाध्यक्ष नारायण प्रसाद आचार्यले जानकारि दिनु भयो।
संघका अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्वागत संघका उपाध्यक्ष भेषराज बराल र कार्यक्रमको सन्चालन संघका सचिब दिपक प्रकाश आचार्यले गर्नु भएको थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम