प्रबन्ध सञ्चालकबाट उप्रेतीको राजीनामा, प्रमुख कार्यकारी अधिकृतमा गुरागाई नियुक्त


काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले प्रबन्ध
सञ्चालकबाट राजीनामा दिनुभएको छ । मंगलबार सम्पन्न बैंकको कार्यसमिति
बैठकले उप्रेतीको राजीनामा स्वीकृति गरेको हो । बैंकको आसन्न निर्वाचनलाई लक्षित गरी उप्रेतीले राजीनामा दिनुभएको हो । बैंकको पुस २१ र २२ गते हुन गइरहेको साधारणसभाका अध्यक्षको उम्मेदवारसमेत रहनुभएका उप्रेतीले दिएको राजीनामा स्वीकृतिसमेत भइसकेको छ ।उप्रेती तीन कार्यकालदेखि प्रबन्ध सञ्चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो । पुस २१मा हुने साधारणसभाले नया नेतृत्व चयन गर्दै छ ।
यसैबीच बैंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाई नियुक्त
हुनुभएको छ । बैंकको मंगलबार सम्पन्न बैठकले गुरागाईलाई प्रमुख कार्यकारी
अधिकृतमा नियुक्त गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न