थेचो महिला सहकारीको शेयर पुँजी बढ्दै


ललितपुर । थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी बढ्दै गएको छ । थेचो सहकारीको शेयर पुँजी ८८ लाख ५५ हजार नौ सय पुगेको छ । संस्थाको हालै सम्पन्न १० औं साधारणसभाका अवसरमा सो मात्रामा शेयर पुँजी पुगेको बताइएको थियो । संस्थाको गत आर्थिक वर्षमा ७५ लाख ७१ हजार सात रुपैयाँ रुपैयाँ रहेको थियो ।

संस्थाको निक्षेप र कर्जा परिचालन पनि बढ्दै गएको प्रमुख कार्यकारी अधिकृत रमिता  महर्जनले जानकारी दिनुभयो । संस्थाले ६ करोड ३८ लाख ३३ हजार नौ सय २६ रुपैयाँ निक्षेप संकलन भएको छ । संस्थाको गत आर्थिक वर्षम ५ करोड ११ लाख ३४ हजार नौ सय ७१ रुपैयाँ निक्षेप संकलन भएको थियो ।

संस्थाको ६ करोड ३२ हजार ७४ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले गत वर्ष ५ करोड ११ लाख ३४ हजार नौ सय ७१ रुपैयाँ ऋण लगानी गरेको थियो ।
संस्थाको खुद नाफा पनि बढ्दै गएको छ । संस्थाले १६ लाख १६ हजार रुपैयाँ मुनाफा गरेको संस्थाकी लक्ष्मीतारा डंगोलले बताउनुभयो ।

डंगोलका अनुसार गत आर्थिक वर्षमा १० लाख २० हजार ७ सय २५ रुपैयाँ खुद नाफा गरेको थियो ।

संस्थाको सम्पति तथा दायित्वसमेत बढ्दै गएको छ । संस्थाको हाल ७ करोड ९३ लाख ३८ हजार ४ सय २३ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा सम्पत्ति तथा दायित्व ६ करोड ३८ लाख ६५ हजार ३ सय ७१ रुपैयाँ रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न