हाम्रो एकीकृत साकोसको प्रथम साधारणसभा सम्पन्न


काठमाडौं । हाम्रो एकीकृत साकोसको प्रथम साधारणसभा सम्पन्न भएको छ । बचत तथा ऋणको कारोबार गर्ने पाँच सहकारी संस्था एकीकरण भई गत वर्ष हाम्रो एकीकृत साकोस बनेको थियो ।

 

आमा साकोस, सहभागिता साकोस, शिक्षा साकोस, पिसल्याण्ड साकोस र जिविकोपार्जन साकोसको एकीकरण पश्चात बनेको हाम्रो एकीकृत साकोसको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कूनं) अध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका सञ्चालक केबी उप्रेती, बैंककै सञ्चालक ज्ञानबहादुर तामांग, जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, काठमाडौं जिल्ला बचत संघका अध्यक्ष केशव दंगाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवराज अर्यालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न